Accuracy, Balance & Credibility

देशभर थप १५१३ जनालाई कोरोना संक्रमण, संक्रमितको संख्या ७६२५८ पुग्यो

abc

काठमाडौं, १३ असोज । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १५१३ जना कोरोना संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा गरिएको १० हजार ८९१ नमुना जाँचमध्ये १५१३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताउनुभयो । योसँगै संक्रमितको कुल संख्या ७६ हजार २५८ पुगेको छ। २४ घण्टामा ७३१ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ। देशभर २० हजार ३९६ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ।