Accuracy, Balance & Credibility

राष्ट्रपतिसमक्ष राजदूतबाट ओहदाको प्रमाणपत्र पेश

abc

काठमाडौं, ११ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दुईजना नयाँ आवासीय राजदूतहरुले एक विशेष समारोहकाबीच आ–आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभएको छ । गणतन्त्र कोरिया राजदूत पार्क चोङ सुक र युरोपियन युनियनका राजदूत नोना डेप्रेजले राष्ट्रपति भवन, शितलनिवासमा ओहदाको प्रमाणपत्र पेश गर्नुभएको हो ।
सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।