कोरोनाबाट पाल्पामा थप एक जनाको मृत्यु



पाल्पा, १ असोज । कोरोनाका कारण पाल्पामा एक जनाको मृत्यु भएको छ । तानसेन नगरपालिका–७, का ५२ वर्षीय एक पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनायको छ । यससँगै पाल्पामा कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन पुगेको छ । ५२ वर्षीय पुरुषको युनाईटेड मिशन अस्पतालले निर्माण गरेको आइशोलेशनमा मृत्यु भएको हो ।

पाल्पा जिल्लामा हालसम्म ६ सय ८२ जनामा कोरोना संक्रमण भएको छ । जसमध्ये ६ सय ८ जना पुरुष र ७३ जना महिला रहेका छन् । जसमध्ये ५ सय ७७ जना निको भएका छन् ।  पाल्पामा अहिले सम्म समुदाय स्तरमा ९५ जना ब्यक्तिमा कोरोना पुष्टि भइसकेको छ ।

    Comment Here!


सम्बन्धित समाचार

View All