ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज कोरोनाबाट थप ९ जनाको मृत्यु : मृतकको संख्या १९२ पुग्यो


एबीसी न्यूज

काठमाडौं, १२ भदौ।  पछिल्लो समयमा नेपालमा कोरोना संक्रमण दर र मृत्यु दर बढ्दो क्रममा रहेको छ । कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको ज्यान गएको छ । आज थप ९ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ९२ पुगेको छ ।

कोरोना संक्रमणबाट रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा एकजनाको मृत्यु भएको छ । भदौ ७ गते भर्न भएका तिलोत्तमाका ६० वर्षीय पुरुषको गएराति मृत्यु भएको हो ।

त्यस्तै कास्कीको पोखरामा कोरोना संक्रमणबाट पोखरा महानगर १६ का ५२ वर्षीय पुरुषको आज अस्पतालको गेटमै मृत्यु भयो । उपचारका लागि ल्याइएका ती पुरुषको आइसोलेसन कक्षको गेटमै मृत्यु भएको डा।अर्जुन आचार्यले जानकारी दिए ।

मोरङको विराटनगरमा पनि एक महिलाको मृत्यु भएको छ । कोशी अस्पतालमा उपचारका क्रममा सिरहाको लहान घर भएकी ६५ वर्षीया महिलाको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत मोरङकी एक महिलाको आज मृत्यु भएको छ । बेलबारी घर भएकी ५६ वर्षीया महिलाको उपचारका क्रममा बिहान मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

चितवनमा कोरोनाका कारण दुई जनाको आज ज्यान गएको छ । चितवनको पुष्पाञ्जली अस्पतालमा आज भरतपुरका ५१ वर्षीय पुरुषको कोरोनाबाट ज्यान गएको छ । ती पुरुषको बिहान १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यस्तै चितवन मेडिकल कलेजमा मकवानपुरको हेटौँडाकी एक ७१ वर्षीया महिलाको मृत्यु भएको छ । डा।दयाराम लम्सालले ती महिलालाई ७ गतेदेखि आइसियुमा राखेर उपचार गरिएको र बिहान मृत्यु भएको जानकारी दिए ।

त्यस्तै झापाको दमकका ८३ वर्षीय पुरुषको पनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज मृत्यु भएको छ । ती पुरुषको बिहान ४ बजे मृत्यु भएको हो ।

त्यस्तै भक्तपुरमा पनि ६५ वर्षीया महिलाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट गठ्ठाघरकी ती महिलाको नागरिक अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको हो ।

त्रिवि शिक्षण अस्पताल काठमाडौंमा मृत्यु भएका उदयपुरका एक ५२ वर्षीय पुरुषको पनि कोरोना पुष्टि भएको छ । ती पुरुषको गएको ९ गते अस्पतालमा उपचार सुरु भएसँगै ज्यान गएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com