ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ललितपुर र बुटवलमा थप एक/एक जना कोरोना संक्रमितको मृत्यु


एबीसी न्यूज
भाद्र ११, २०७७ बिहीबार  ९ : ०३ बजे

काठमाडौं, ११ भदौ । ललितपुरस्थित पाटन अस्पतालको आइसियूमा उपचाररत ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

ललितपुर निवासी उनको बिहीबार बिहान ६ बजे मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ। स्वास्थ्यमा समस्या आएपछि उनलाई आइसियूमा राखेर उपचार गरिँदै आइएको थियो। मृतकको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७६ पुगेको छ। बुधबार थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।

यसैवीच बुटवलको धागो कारखानामा सञ्चालित कोारेना विशेष अस्थायी अस्पतालमा उपचाररत थप एकजना संक्रमितको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका–१ का ५० वर्षीय पुरुषको उपचारका क्रममा बुधबार राति मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिनुभयो ।

उहाका अनुसार भदौ ५ गते कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भई भेन्टिलेटरको सहायतामा उपचार गराइरहेका उनमा उच्च रक्तचाप, मधुमेह र रक्तअल्पता जस्ता समस्या रहेका थियो । पछिल्लो समय संक्रमण दर बढेसँगै मृत्युदर पनि बढेको छ। कडा लक्षणसहितको संक्रमित देखिनु र दीर्घरोगीहरूमा समेत बढी संक्रमण देखिएकाले मृत्युदर बढेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन प्रधानमन्त्री बन्ने बाटो: राष्ट्रपतिले कसरी गर्दैछन् नियुक्ति ?

रवि लामिछाने मुद्दा: आदेश फेरि टर्‍यो, आइतबारसम्म प्रतीक्षा

सम्बन्धित

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु – प्रधानमन्त्री कार्की

“लचिलो यथार्थवाद” को झूटो वाचा

बालेन प्रधानमन्त्री बन्ने बाटो: राष्ट्रपतिले कसरी गर्दैछन् नियुक्ति ?

रवि लामिछाने मुद्दा: आदेश फेरि टर्‍यो, आइतबारसम्म प्रतीक्षा

ओलीको कडा निर्देशन: “सांसदहरूले पार्टीको लाइन बोल्नुपर्छ, व्यक्तिगत डम्फु होइन”

प्रचण्डको सन्देश: “रचनात्मक काममा साथ, गल्तीमा खबरदारी”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com