ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा कोरोनाबाट थप ९ जनाको मृत्यु, संख्या १७३ पुग्यो


एबीसी न्यूज
भाद्र १०, २०७७ बुधबार  ११ : ४५ बजे

काभ्रे , १० भदौ  ।   देशका विभिन्न स्थानमा  थप ९ कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार साँझदेखि यो समाचार तयार पार्दा सम्म ललितपुर र बाँकेमा एकर एक, मोरङ , काभ्रेमा , बारा र पर्सामा दुई र दुई जनाको मृत्यु भएको हो । यो सँगै कोरोना संक्रमितको मृत्यु हुनेको संख्या १७३ पुगेको छ ।

ललितपुर – कोरोना भाइरस संक्रमणबाट काठमाडौं बुढानिलकण्ठका एक पुरुषको मृत्यु भएको छ । पाटन अस्पतालमा आइसीयूमा उपचाररत ५४ वर्षका पुरुषको हिजो मंगलबार राती ९: ३० बजे मृत्यु भएको हो । उहाँ साउन २३ गते अस्पताल भर्ना हुनुभएको थियो ।

मोरङ १ – विराटनगरको न्युरो अस्पतालमा उपचाररत महोत्तरीका ६० वर्षीय पुरुषको उपचारका मंगलबार राति ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । ती पुरुषलाई उपचारका लागि अस्पतालमा गत साउन ३१ गते भर्ना गरिएको थियो । कोरोनाको आंशकामा उहाँको भदौ ३ गते स्वाब संकलन गरेर परीक्षणका लागि प्रयोगशालामा पठाइएको थियो । भदौ ७ गते रिपोर्ट पोजेटिभ आएको थियो । रिपोर्ट पोजेटिभ आएपछि आइसोलेसनमा भर्ना गरेर भेन्टिलेटरमा उपचार हुँदै गर्दा मृत्यु भएको हो ।

मोरङ २ – कोरोना भाइरस संक्रमणबाट मोरङमा एक महिलाको मृत्यु भएको छ । विराटनगर –१५ मिल्स एरिया घर भएकी ४४ वर्षीय महिलाको मंगलबार राति मोरङको बूढीगंगा गाउँपालिका–२ स्थित टंकीसिनवारीमा रहेको विराट शिक्षण अस्पतालमा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । श्वासप्रश्वासमा समस्या भएपछि संक्रमित महिलालाई दिउँसो उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल आएपछि स्वाब संकलन गरी कोशी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको रिपोर्ट महिलाको मृत्यु हुनुभन्दा केही बेरअघि मात्रै आएको थियो । जसमा महिलामा कोरोना संक्रमण रहेको पुष्टि भएको थियो । अस्पतालका अनुसार महिलामा ज्वरो तथा निमोनिया देखिएको थियो ।

पर्सा १ – वीरगञ्ज पस्थित वीरगञ्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचारररत २ संक्रमितको मङगलबार राति मृत्यु भएको छ । बाराको विश्रामपुर गाँउपालिका–१ छतवाका ४२ वर्षीय पुरुषको मङगलबार राति पौने ११ बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसीयाले जानकारी दिनु भएको छ ।
उहाँका अनुसार मृतकमा श्वासप्रश्वासमा समस्या र ज्वरोसमेत आएको थियो । पीसीआर परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएपपछि मंगलबार दिउँसो वीरगंज हेल्थकेयरमा भर्ना गरिएको थियो ।

पर्सा २ – वीरगञ्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा ७ दिनदेखि उपचाररत बारा कलैया उपमहानगरपालिका–१ का ७० वर्षीय पुरुषको मङगलबार राति मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि भदौ २ गते पीसीआर परिक्षण गर्दा उनमा कोरोना संक्रमण देखिएको थियो । संक्रमण देखिएकै दिन वीरगञ्ज हेल्थकेयरमा भर्ना भएका उहाँको मंगलबार राति ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

बाँके – नेपालगन्ज उपमहानगरपालिका ९१ का ३७ वर्षका पुरुषको बुधबार बिहान १:३० बजेतिर नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो। उनलाई दुबै फोक्सोमा निमोनिया भएको थियो। उनी ८ भदौको बिहान १० बजे नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा छाती समस्या भएर भर्ना भएका थिए। सोही दिन उहाँको स्वाब संकलन गरिएको थियो। स्वास्थ्य अवस्था बिग्रँदै गएपछि मंगलबार राति ९ बजे शिक्षण अस्पताल कोहलपुरको भेन्टिलेटरमा राखि उपचार भइरहेको बताइएको छ।
बारा १ – बाराका दुई जना कोरोना संक्रमितको वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको छ ।

कलैया उपमहानगरपालिका–१ का ६६ वर्षीय पुरुष र विश्रामपुर गाउँपालिका–१ छतवाका ४२ वर्षीय पुरुषको मंगलबार राति वीरगञ्ज हेल्थ केयर कोभिड अस्पताल मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।

थाइराइड र उच्च रक्तचापजस्ता समस्या देखिएका ६६ वर्षीय पुरुषलाई श्वासप्रश्वासमा समस्या आएपछि भदौ २ गते उपचारका लागि वीरगञ्ज ल्याइएको थियो । त्‍यसै दिन स्वाब नमुना संकलन गरी परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमण देखिएदेखि नै उनलाई वीरगञ्ज हेल्थ केयरको आइसोलेसनमा राखिएको थियो । उपचारकै क्रममा भदौ ९ गते राति ८ बजेर ५ मिनेटमा उनको मृत्यु भएको थियो ।

बारा २ – त्यसैगरी विश्रामपुरका ४२ वर्षीय पुरुषमा भदौ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । मृगौलारोगी उनमा स्वासप्रश्वासमा समस्या र ज्वरो आएपछि उपचारका लागि वीरगञ्ज हेल्थ केयरको आइसोलेसनमा ल्याइएको थियो । उनको मंगलबार राति १० : ४५ मा मृत्यु भएको हो ।

काभ्रे–   भक्तपुर सूर्यविनायक नगरपालिका– ८ घर भएर धुलिखेल अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मंगलबार राति ११ः५५ बजे उपचारको क्रममा ती पुरुषको मृत्यु भएको हो । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार मुुटु र थाइराइड रोगबाट समेत पीडित ५५ वर्षीय ती पुरुष ३ दिनअघि अस्पतालमा भर्ना भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन प्रधानमन्त्री बन्ने बाटो: राष्ट्रपतिले कसरी गर्दैछन् नियुक्ति ?

रवि लामिछाने मुद्दा: आदेश फेरि टर्‍यो, आइतबारसम्म प्रतीक्षा

सम्बन्धित

“लचिलो यथार्थवाद” को झूटो वाचा

बालेन प्रधानमन्त्री बन्ने बाटो: राष्ट्रपतिले कसरी गर्दैछन् नियुक्ति ?

रवि लामिछाने मुद्दा: आदेश फेरि टर्‍यो, आइतबारसम्म प्रतीक्षा

ओलीको कडा निर्देशन: “सांसदहरूले पार्टीको लाइन बोल्नुपर्छ, व्यक्तिगत डम्फु होइन”

प्रचण्डको सन्देश: “रचनात्मक काममा साथ, गल्तीमा खबरदारी”

सुरक्षा निकायको समन्वय अभाव र मिथ्या सूचनाको डढेलोः भदौ २३–२४ को ‘राष्ट्रिय क्षति’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com