ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा कोरोनाबाट थप ९ जनाको मृत्यु, संख्या १७३ पुग्यो


एबीसी न्यूज

काभ्रे , १० भदौ  ।   देशका विभिन्न स्थानमा  थप ९ कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार साँझदेखि यो समाचार तयार पार्दा सम्म ललितपुर र बाँकेमा एकर एक, मोरङ , काभ्रेमा , बारा र पर्सामा दुई र दुई जनाको मृत्यु भएको हो । यो सँगै कोरोना संक्रमितको मृत्यु हुनेको संख्या १७३ पुगेको छ ।

ललितपुर – कोरोना भाइरस संक्रमणबाट काठमाडौं बुढानिलकण्ठका एक पुरुषको मृत्यु भएको छ । पाटन अस्पतालमा आइसीयूमा उपचाररत ५४ वर्षका पुरुषको हिजो मंगलबार राती ९: ३० बजे मृत्यु भएको हो । उहाँ साउन २३ गते अस्पताल भर्ना हुनुभएको थियो ।

मोरङ १ – विराटनगरको न्युरो अस्पतालमा उपचाररत महोत्तरीका ६० वर्षीय पुरुषको उपचारका मंगलबार राति ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । ती पुरुषलाई उपचारका लागि अस्पतालमा गत साउन ३१ गते भर्ना गरिएको थियो । कोरोनाको आंशकामा उहाँको भदौ ३ गते स्वाब संकलन गरेर परीक्षणका लागि प्रयोगशालामा पठाइएको थियो । भदौ ७ गते रिपोर्ट पोजेटिभ आएको थियो । रिपोर्ट पोजेटिभ आएपछि आइसोलेसनमा भर्ना गरेर भेन्टिलेटरमा उपचार हुँदै गर्दा मृत्यु भएको हो ।

मोरङ २ – कोरोना भाइरस संक्रमणबाट मोरङमा एक महिलाको मृत्यु भएको छ । विराटनगर –१५ मिल्स एरिया घर भएकी ४४ वर्षीय महिलाको मंगलबार राति मोरङको बूढीगंगा गाउँपालिका–२ स्थित टंकीसिनवारीमा रहेको विराट शिक्षण अस्पतालमा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । श्वासप्रश्वासमा समस्या भएपछि संक्रमित महिलालाई दिउँसो उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल आएपछि स्वाब संकलन गरी कोशी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको रिपोर्ट महिलाको मृत्यु हुनुभन्दा केही बेरअघि मात्रै आएको थियो । जसमा महिलामा कोरोना संक्रमण रहेको पुष्टि भएको थियो । अस्पतालका अनुसार महिलामा ज्वरो तथा निमोनिया देखिएको थियो ।

पर्सा १ – वीरगञ्ज पस्थित वीरगञ्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचारररत २ संक्रमितको मङगलबार राति मृत्यु भएको छ । बाराको विश्रामपुर गाँउपालिका–१ छतवाका ४२ वर्षीय पुरुषको मङगलबार राति पौने ११ बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसीयाले जानकारी दिनु भएको छ ।
उहाँका अनुसार मृतकमा श्वासप्रश्वासमा समस्या र ज्वरोसमेत आएको थियो । पीसीआर परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएपपछि मंगलबार दिउँसो वीरगंज हेल्थकेयरमा भर्ना गरिएको थियो ।

पर्सा २ – वीरगञ्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा ७ दिनदेखि उपचाररत बारा कलैया उपमहानगरपालिका–१ का ७० वर्षीय पुरुषको मङगलबार राति मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि भदौ २ गते पीसीआर परिक्षण गर्दा उनमा कोरोना संक्रमण देखिएको थियो । संक्रमण देखिएकै दिन वीरगञ्ज हेल्थकेयरमा भर्ना भएका उहाँको मंगलबार राति ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

बाँके – नेपालगन्ज उपमहानगरपालिका ९१ का ३७ वर्षका पुरुषको बुधबार बिहान १:३० बजेतिर नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो। उनलाई दुबै फोक्सोमा निमोनिया भएको थियो। उनी ८ भदौको बिहान १० बजे नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा छाती समस्या भएर भर्ना भएका थिए। सोही दिन उहाँको स्वाब संकलन गरिएको थियो। स्वास्थ्य अवस्था बिग्रँदै गएपछि मंगलबार राति ९ बजे शिक्षण अस्पताल कोहलपुरको भेन्टिलेटरमा राखि उपचार भइरहेको बताइएको छ।
बारा १ – बाराका दुई जना कोरोना संक्रमितको वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको छ ।

कलैया उपमहानगरपालिका–१ का ६६ वर्षीय पुरुष र विश्रामपुर गाउँपालिका–१ छतवाका ४२ वर्षीय पुरुषको मंगलबार राति वीरगञ्ज हेल्थ केयर कोभिड अस्पताल मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।

थाइराइड र उच्च रक्तचापजस्ता समस्या देखिएका ६६ वर्षीय पुरुषलाई श्वासप्रश्वासमा समस्या आएपछि भदौ २ गते उपचारका लागि वीरगञ्ज ल्याइएको थियो । त्‍यसै दिन स्वाब नमुना संकलन गरी परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमण देखिएदेखि नै उनलाई वीरगञ्ज हेल्थ केयरको आइसोलेसनमा राखिएको थियो । उपचारकै क्रममा भदौ ९ गते राति ८ बजेर ५ मिनेटमा उनको मृत्यु भएको थियो ।

बारा २ – त्यसैगरी विश्रामपुरका ४२ वर्षीय पुरुषमा भदौ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । मृगौलारोगी उनमा स्वासप्रश्वासमा समस्या र ज्वरो आएपछि उपचारका लागि वीरगञ्ज हेल्थ केयरको आइसोलेसनमा ल्याइएको थियो । उनको मंगलबार राति १० : ४५ मा मृत्यु भएको हो ।

काभ्रे–   भक्तपुर सूर्यविनायक नगरपालिका– ८ घर भएर धुलिखेल अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मंगलबार राति ११ः५५ बजे उपचारको क्रममा ती पुरुषको मृत्यु भएको हो । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार मुुटु र थाइराइड रोगबाट समेत पीडित ५५ वर्षीय ती पुरुष ३ दिनअघि अस्पतालमा भर्ना भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com