ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुदूरपश्चिममा निको भए चार हजार कोरोना सङ्क्रमित


एबीसी न्यूज
भाद्र ९, २०७७ मंगलबार  २ : ५६ बजे


डोटी, ९ भदौ ।  सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) का चार हजारभन्दा बढी सङ्क्रमित निको भएका छन् । प्रदेशका नौ वटै जिल्लामा कोरोना भाइरसका चार हजार ४०० सङ्क्रमित निको भइसकेका छन् । अहिलेसम्म यो प्रदेशमा पाँच हजार ४०६ सङक्रमित रहेको र तीमध्ये ९ जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार अहिलेसम्म सबैभन्दा बढी कैलालीका एक हजार ३०१ जना सङ्क्रमित उपचारपछि निको भएर घर फिर्किएका छन् । त्यस्तै अछामका ७१३, कञ्चनपुरका ५८१, बाजुराका ४४२, बैतडीका ३२२, डडेल्धुराका २९९, बझाङका ११०, दार्चुलाका ४१ तथा डोटीका ५७६ सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सुदूरपश्चिममा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ९२९ रहेका छन् । सङ्क्रमण पुष्टि भएका र लक्षण देखिएका ६३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य निर्देशक गणराज अवस्थीले बताउनुभयो । उहाँका अनुसार हाल कञ्चनपुरको महाकाली अस्पतालमा २३, कैलालीको सेती प्रादेशिक अस्पतालमा १४, टीकापुर अस्पतालमा ११, जिल्ला अस्पताल अछाममा १०, जिल्ला अस्पताल डोटी र डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा दुई÷दुई र मालाखेती अस्पतालमा एक जना सङ्क्रमितको उपचार भइरहेको छ । अन्य सङ्क्रमित भने स्थानीय तहको आइसोलेसन र घरमै रहेको बताइएको छ ।

पछिल्लो समय भारतबाट नेपाली आउने क्रम रोकिएको छ । यहाँका विभिन्न जिल्लाका स्थानीय तहमा प्रयाप्त मात्रामा आइसोलेसन वेड नभएका कारण कोरोना सङ्क्रमितलाई निकै समस्या भइरहेको बताइएको छ । कोरोना सङ्क्रमित तथा उनीहरुका परिवारलाई गाउँमा हेर्ने दृष्टिकोण नै फरक वा सकारात्मक नहुने भएका कारण पनि अहिले उनीहरु झनै समस्या परेको शिखर नगरपालिका–१ कपल्लेकीका खडकबहादुर बोगटीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कोरोना सङ्क्रमितलाई गाउँमा हेर्ने दृष्टिकोण नै फरक छ, उनीहरुलाई घिर्ना वा तिरस्कार होइन, माया, सद्भाव र हौसला दिन जरुरी छ ।”

सुदूरपश्चिममा पहिलो पटक गत चैत १४ गते धनगढी उपमहानगरपालिका–५ का ३४ वर्षीय एक युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । रोजगारीको सिलसिलामा दुवईबाट आएका ती युवक सेती प्रादेशिक अस्पतालमा ३० दिनको उपचारपछि निको भएर घर फर्किएका थिए । सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार नाघेको छ । पछिल्लो समय भारतबाट रोजगारी गरी फर्किएका नागरिकसँगै उनीहरुका परिवारमा पनि कोरोना सङ्क्रमण देखिन थालेको स्वास्थ्यकर्मीहरु बताउँछन् । सङ्क्रमित भन्दापनि उपचारपछि निको हुने दर बढ्दै गएकाले यसबाट त्रसित वा अत्तिइ हाल्नुपर्ने अवस्था नरहेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताउनुभयो । उहाँले भन्नुभयो, “सङक्रमित हुने र निको हँने दर करिब करिब बराबर छ, कोरोना लागि हाले पनि अत्तिइ हाल्नु पर्ने अवस्था छैन तर सावधानी र सचेतना भन्ने अपनाउनु पर्छ ।”

सुदूरपश्चिममा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारीलगायतमा पनि कोरोना सङ्क्रमण देखिएको छ । कोरोनो नियन्त्रणका लागि प्रदेश सरकारसहित यहाँका सबै स्थानीय तहले सावधानी अपनाएका कारण सोचेजस्तो समुदायमा फैलिन नपाएको प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन प्रधानमन्त्री बन्ने बाटो: राष्ट्रपतिले कसरी गर्दैछन् नियुक्ति ?

रवि लामिछाने मुद्दा: आदेश फेरि टर्‍यो, आइतबारसम्म प्रतीक्षा

सम्बन्धित

“लचिलो यथार्थवाद” को झूटो वाचा

बालेन प्रधानमन्त्री बन्ने बाटो: राष्ट्रपतिले कसरी गर्दैछन् नियुक्ति ?

रवि लामिछाने मुद्दा: आदेश फेरि टर्‍यो, आइतबारसम्म प्रतीक्षा

ओलीको कडा निर्देशन: “सांसदहरूले पार्टीको लाइन बोल्नुपर्छ, व्यक्तिगत डम्फु होइन”

प्रचण्डको सन्देश: “रचनात्मक काममा साथ, गल्तीमा खबरदारी”

सुरक्षा निकायको समन्वय अभाव र मिथ्या सूचनाको डढेलोः भदौ २३–२४ को ‘राष्ट्रिय क्षति’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com