ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा अध्यक्षद्धय ओली– प्रचण्डबीच बालुवाटारमा भेटवार्ता


एबीसी न्यूज
भाद्र ९, २०७७ मंगलबार  १० : ५३ बजे

काठमाडौं, ९ भदौ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरू भएको छ।

प्रधानमन्त्री ओलीलाई भेट्न अध्यक्ष प्रचण्ड बालुवाटार पुग्नु भएको छ । जारी भेटमा नेकपा कार्यदलले पेश गरेको प्रतिवेदनमाथि छलफल हुने बालुवाटार स्रोतले जनाएको छ । आजको दुई अध्यक्षबीचको छलफलले पार्टीको सचिवालय बैठक बोलाउने सम्भावना रहेको छ । त्यस्तै कार्यदलले बुझाएको प्रतिवेदनका विषयमा पनि कुराकानी हुने बालुवाटार स्रोतले जनाएको छ ।

नेकपाको अन्तरिक विवाद समाधान गर्न गत साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले भदौ ६ गते समाधानको सुत्रसहतिको १७ पेज लामो प्रतिवेदन बुझाएको थियो । जसमा ओलीले मुलत सरकार सञ्चालनमा केन्द्रीत हुने र प्रचण्डले मुलतः पार्टी सञ्चालनमा केन्द्रीत हुने सुझाव दिइएको छ । त्यस्तै सरकारलाई थप प्रभावकारी बनाउन केन्द्र तथा प्रदेशका मन्त्रीहरु हेरफेर गर्न समेत प्रतिवेदनले सुझाव दिएको छ । एकता महाधिवेसन, पार्टी एकतालाई पुर्णता तथा पार्टी विधि विधान अनुसार पार्टी चलाउनुपर्ने पनि प्रतिवेदनमा उल्लेख छ ।

दुवै अध्यक्षले आइतबार र सोमबार उक्त प्रतिवेदन अध्ययन गर्नुभएको थियो े। दुई अध्यक्षको छलफलपछि उक्त प्रतिवेदन सचिवालय हुँदै स्थायी समितिबाट पारित गरेर कार्यान्वयनमा लैजान सुझाव गरिएको छ । कार्यदलको प्रतिवेदनबारे दुई अध्यक्षबिच छलफल भएपछि सचिवालय बैठक बस्ने र त्यसपछि स्थायी कमिटीमा छलफल गर्ने नेकपा नेताहरुको तयारी छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन प्रधानमन्त्री बन्ने बाटो: राष्ट्रपतिले कसरी गर्दैछन् नियुक्ति ?

रवि लामिछाने मुद्दा: आदेश फेरि टर्‍यो, आइतबारसम्म प्रतीक्षा

सम्बन्धित

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु – प्रधानमन्त्री कार्की

“लचिलो यथार्थवाद” को झूटो वाचा

बालेन प्रधानमन्त्री बन्ने बाटो: राष्ट्रपतिले कसरी गर्दैछन् नियुक्ति ?

रवि लामिछाने मुद्दा: आदेश फेरि टर्‍यो, आइतबारसम्म प्रतीक्षा

ओलीको कडा निर्देशन: “सांसदहरूले पार्टीको लाइन बोल्नुपर्छ, व्यक्तिगत डम्फु होइन”

प्रचण्डको सन्देश: “रचनात्मक काममा साथ, गल्तीमा खबरदारी”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com