ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चर्को मूल्यवृद्धिको गुनासो बढेपछि आपूर्तिमन्त्री मन्त्रीनै पुगे कालिमाटी


एबीसी न्यूज

काठमाडौं, ८ भदौ । काठमाडौं उपत्यकाका तरकारी बजारमा अत्याधिक भिडभाड र चर्को मूल्यवृद्धिको गुनासो बढेपछि आपूर्तिको नेतृत्वमा सोमबार बिहानै कालीमाटी र बल्खु बजारको अनुगमन भएको छ । भोलिदेखि सरकारले किन्न जाने उपभोक्ताबाटै ठगी गर्नेहरुको अनुगमन गर्ने सरकारी तयारी छ ।

बजार भाऊ अत्याधिक बढेको गुनासो आएपछि सोमबार बिहान ४ चार बजे उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट मन्त्री क्वाटरबाट काठमाडौंका तरकारी बजार अनुगमनमा निस्कनुभयो । मन्त्री भट्टले कालीमाटी फलफूल तथा तरकारी बजार र बल्खु बजारको अनुगमन गर्नुभएको मन्त्री भट्टका स्वकिय सचिव हितेष ओझाले बताउनुभयो । मन्त्री भट्टका स्वकिय सचिव ओझाका अनुसार व्यस्त तरकारी बजारमा हुने भीडभाड, उपभोक्ता र व्यवसायीले अपनाएको सुरक्षाका मापदण्ड लगायतका स्थितिबारे अनुगमन भएको छ ।

अत्यावश्यक वस्तुको कारोबार हुने स्थल कालीमाटी फलफूल तथा तरकारी बजार र बल्खु तरकारी बजारमा कोरोनाबाट जोगिनका लागि आवश्यक सुरक्षा मापण्ड नअपनाएको, भिडभाड बढेको र मूल्यवृद्धिको गुनासो आएपछि मन्त्री आफैं अनुगमनमा निस्कनुभएको हो । ओझाका अनुसार बल्खु तरकारी बजारमा भिडभाड देखिएको थियो । बजारमा न्यूनत्तम मापदण्ड कार्यान्वयन नभएको पनि अनुगमनमा भेटिएको थियो । अनुगमनका क्रममा मन्त्री भट्टले विभिन्न तरकारी पछिल्लो मूल्य अवस्थाबारे जानकारी लिनुभएको थियो । मन्त्री भट्टले व्यवसायीलाई आपूर्ति व्यवस्था र कोरोना भाइरसबाट जोगिनका लागि आवश्यक सुरक्षा मापदण्ड पालना गर्न आग्रह समेत गर्नुभएको छ ।

अनुगमनमा मौसमी तरकारीको मूल्य बढेको भेटिएको थियो । मन्त्री भट्टले बजार ठगी गर्ने कुनै क्रियाकलाप गरिएमा कारबाही गर्ने चेतावनीसमेत दिनुभयो । त्यसबाहेक व्यवसायी एवं उपभोक्ताले स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाए कारबाही गर्न उहाँले नजिकका प्रहरीलाई निर्देशन दिनुभएको थियो । मंगलबारदेखि स्वयं उपभोक्तालाई खुल्ला बजारमा किनमेलमा पठाएर अनुगमनको नयाँ शैली अपनाउने तयारी गरिएको ओझाले जानकारी दिनुभएको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोनाका संक्रमित बढेसँगै उपत्यकाका जिल्ला प्रशासनले भदौ १० गतेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com