ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा कोरोनाबाट थप ३ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १ सय ४० पुग्यो


एबीसी न्यूज

काठमाडौं, ६ भदौ । कोरोनाका भाइरस सङ्क्रमणका कारण पर्सा र चितवनमा थप ३ जनाको मृत्यु भएको छ ।

वीरगञ्ज महानगरपालिकाको सुगौली बिर्ताका ५८ वर्षका पुरुष र बहुदरमाई नगरपालिका बहुअरीका ६१ वर्षका पुरुषको कोरोना सङ्क्रमणका मृत्यु भएको हो । ५८ वर्षका पुरुषको नारायणी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा गएराति ज्यान गएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

उहाँको अस्ति ४ गते स्वाब संकलन गरी पीसीआर परिक्षण गरिएकोमा हिजो रिपोर्टमा पोजेटिभ आएको थियो । कुनै पनि ट्राभल हिस्ट्री नभएका उहाँमा खोकी र श्वासप्रश्वासको समस्या देखिएको थियो । यस्तै अस्ति ४ गते उपचारका लागि अस्पताल भर्ना हुनुभएका ६१ वर्षका पुरुषको बिहान सवा ७ बजे ज्यान गएको डाक्टर निरज सिंहले जानकारी दिनु भयो । यसैवीच चितवनमा उपचारका क्रममा मृत्यु भएका हेटौंडाका कोरोना संक्रमित एक बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ । भदौ तीन गते निमोनिया भएर भरतपुरको पुरानो मेडिकल कलेजमा उपचारका लागि आएका ७५ वर्षीय एक वृद्धको विहीवार राति उपचारको क्रममा मृत्यु भएको थियो ।

उपचारका लागि आएलगत्तै उनको स्वाब संकलन गरी चितवन मेडिकल कलेजमा परीक्षणका लागि पठाइएको थियो । स्वाब परीक्षण गर्दा उनमा पोजेटिभ देखिएको छ । तर, चितवन मेडिकल कलेजको ल्याब हालै मात्रै स्थापना गरिएकाले त्यसको विश्वसनीयता परीक्षण गर्न बाँकी रहेकोले रिपोर्ट सार्वजनिक गरिएको थिएन । भरतपुर कोभिड ल्यावमा शुक्रबार राति गरिएको भेरिफिकेसन परीक्षणमासमेत उनको रिपोर्ट पोजेटिभ आएको छ । उनको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।

चितवनमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ३० हजार ५ सय १६ पुगेको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा २ सय ७० वटा नमुना परीक्षण गरिएकामा ३३ जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । चितवनका २० तथा नवलपुर, मकवानपुर, बारा, पर्सा, रौतहट र बाँकेका १३ जनामा संक्रमण देखिएको हो। चितवनमा भरतपुर महानगरका १६, रत्ननगरका १ र राप्ती नगरपालिकाका ३ जनामा संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com