ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा थप पाँच जना कोरोना संक्रमितको मृत्यु


एबीसी न्यूज
भाद्र ५, २०७७ शुक्रबार  ८ : २६ बजे

काठमाडौं, ५ भदौ । नेपालमा बिहीबार साँझ थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितनव, पर्सा, बारा, रुपन्देही र सप्तरीका एक–एक जना कोरोना संक्रमितको मृत्यु भएको सम्बन्धित अस्पताल तथा जिल्ला स्वास्थ्य कार्यलयहरुले पुष्टि गरेका छन् । भरतपुर अस्पतालले विज्ञप्ति जारी गर्दै एकजना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएको हो ।

चितवनको रत्ननगर नगरपालिका– १३ का ६५ वर्षका एक पुरुषको मृत्यु भएको हो । ती पुरुष ६ दिन अघि कोरोना पुष्टिभइ भरतपुर अस्पतालको आइसीयुमा उचाररत थिए । ती पुरुष दीर्घरोगी थिए ।
यसैगरी पर्साको वीरगंज महानगरपालिका–१५ प्रतिमा चोकका ७४ वर्षका पुरुषको वीरगंज हेल्थ केयरको कोभिड अस्थायी अस्पतालमा मृत्यु भएको हो । अस्पतालका संयोजक डाक्टर दीपक कुसुवाका अनुसार ती पुरुष बुधबार साँझ ६ बजेर १५ मिनेटमा अस्पतालमा भर्ना भएका थिए । ती पुरुषमा स्वास्थ्य समस्या देखिएपछि भदौ २ गते नारायणी अस्पतालमा पुगेका थिए ।

उनको ३ गते नारायणी अस्पतालबाट स्वाब संकलन गरी परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको हो । कोरोना पुष्टि भएपछि उनलाई बुधबार साँझ ६ बजे नारायणी अस्पतालबाट हेल्थ केयरको कोरोना विशेष अस्पतालको आइसीयुमा राखिएको थियो । उनको बिहीबार साँझ ६ बजेर ४५ मिनेटमा मृत्यु भएको हो ।

यसैगरी वीरगंजकै नारायणी अस्पतालमा बाराका एकजना कोरोना संक्रमित पुरुषको पनि मृत्यु भएको छ । नारायणी अस्पतालका डाक्टर उदयनारायण सिंहका अनुसार बारा कलैयाका ५९ वर्षका पुरुषको मृत्यु भएको हो । डा सिंहका अनुसार ती पुरुषलाई बुधबार राति ८ बजे अस्पतालमा अन्तिम अवस्थामा ल्याइएको थियो ।

उनको उपचार शुरु नहुँदै मृत्यु भएको र मृत्युपछि स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा बिहीबार दिउँसो रिपोर्ट पोजेटिभ आएको डा सिंहले जानकारी दिनुभयो । त्यसैगरी रुपन्देहीका अर्का एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

रुपन्देहीको देवदह नगरपालिका–३ का ७० वर्षका पुरुषको मृत्यु भएको नगरपालिकाका स्वास्थ्य संयोजक काशीनाथ बञ्जाडेले बताउनुभयो । उहाका अनुसार ती पुरुषलाई १५ दिन अघि नै स्वास्थ्यमा समस्या देखिएपछि युनिभर्सल मेडिकल कलेज भैरहवामा भर्ना गरिएको थियो ।

तर निको नभएपछि ती पुरुषका आफन्तले बिरामी अवस्थामै ती पुरुषलाई साउन २९ गते घर फर्काएका थिए । तर, गाउँमा कोरोना संक्रमण बढिरहेको अवस्थामा बिरामी व्यक्ति उपचार नै नगराइ ल्याइएको भन्दै गाउँलेहरुले बिरोध गरेपछि ती पुरुषलाई साउन ३० गते पुनः देवदह मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

साउन ३० गतेदेखि नै उनको त्यहाँ आइसीयुमा उपचार थालिएको थियो । उनको कोरोना परीक्षण गर्दा बुधबार रिपोर्ट पोजेटिभ आएको हो । ती पुरुषको उपचारकै क्रममा बिहीबार साँझ ६ बजेर ४५ बजे मृत्यु भएको बञ्जाडेले जानकारी दिनुभयो यस्तै सप्तरीका अर्का एक पुरुषको पनि मृत्यु पछि कोरोना पुष्टि भएको छ । सूचना अधिकारी नारायण राउतका अनुसार सप्तरीको राजविराज –४ का २८ वर्षका एकजना पुरुषको मृत्यु पछि कोरोना पुष्टि भएको हो । ती पुरुषलाई स्वास्थ्य समस्या देखिएपछि भदौं १ गते गजेन्द्रनारायण सिंह अस्पताल लगिएको थियो । श्वासप्रश्वासमा समेत समस्या देखिएपछि सो अस्पतालबाट उनलाई भदौं १ गते नै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो ।

उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भदौं १ गते नै उपचारका क्रममा मृत्यु भयो । मृत्युपछि स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा रिपोर्ट पाजेटिभ आएको राउतले बताउनुभयो । उनको भदौं ३ गते कोरोनाको रिपोर्ट पोजेटिभ आएको साँझमात्र जानकारी आएको र भदौं ४ गते ३ बजेतिर स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइएको उनले बताए । यी सबै मृतकहरुको विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक भने गरिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन प्रधानमन्त्री बन्ने बाटो: राष्ट्रपतिले कसरी गर्दैछन् नियुक्ति ?

रवि लामिछाने मुद्दा: आदेश फेरि टर्‍यो, आइतबारसम्म प्रतीक्षा

सम्बन्धित

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु – प्रधानमन्त्री कार्की

“लचिलो यथार्थवाद” को झूटो वाचा

बालेन प्रधानमन्त्री बन्ने बाटो: राष्ट्रपतिले कसरी गर्दैछन् नियुक्ति ?

रवि लामिछाने मुद्दा: आदेश फेरि टर्‍यो, आइतबारसम्म प्रतीक्षा

ओलीको कडा निर्देशन: “सांसदहरूले पार्टीको लाइन बोल्नुपर्छ, व्यक्तिगत डम्फु होइन”

प्रचण्डको सन्देश: “रचनात्मक काममा साथ, गल्तीमा खबरदारी”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com