ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रकवि घिमिरेको जीवनकाल कसरी वित्यो : कसरी सम्झिन्छन राष्ट्रकविलाई नेपालीले ? भिडियोसहित


एबीसी न्यूज
भाद्र ४, २०७७ बिहीबार  ४ : १३ बजे

काठमाडौं, ४ भदौ ।  राष्ट्रकवि माधव प्रसाद घिमिरे आजबाट सदाको लागि अस्ताउनु भएको छ । उहाको निधनसंगै नेपालको साहित्यको एक युगको अन्त्य भएकोे छ । काव्य र कविताका माध्यमबाट राष्ट्र, राष्ट्रियता र नेपाली साहित्यलाई अमर राख्ने एक राष्ट्रभक्ति सिपाहीको अन्त्य भएको छ ।

राष्ट्रकबि माधवप्रसाद घिमिरेको निधनसगै नेपाली साहित्यको एउटा कालको अन्त्य भएको छ । नेपाली साहित्यको इतिहासमा आधुनिक कालका छुट्टै पहिचान बनाउने सफल हुनु भएका घिमिरे अब सम्झानामा मात्र सिमित हुनु भएको छ ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार निधन भएको छ । उहाँको निधन संगै देशनै शोकमा डुबेको छ । स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैलीमा लेख्ने लेखकको निधनसंगै साहित्य क्षेत्रमा ठूलो क्षती भएको साहित्यकारहरुको भनाइ छ ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा निधन भएको छ । प्रेमलाई जीवनको उपलब्धि मान्ने घिमिरेको मङ्गलवार अपराह्न ५ः३० बजेतिर लैनचौरस्थित निवासमा निधन भएको होे ।

राष्ट्रकवि माधवप्रसाद घिमिरले नेपाली साहित्यमा विशिष्ट योगदान पु¥याउनु भएको छ । उहाँ तात्कालिन नेपाल राजकीय प्रतिष्ठानमा कुलपति पनि हुनुभएको थिए । तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका कुलपतिसमेत रहनु भएका घिमिरेलाई विसं २०६० मा राष्ट्रकवि उपाधि दिइएको थियो । उहाँको गौरी, राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता खण्डकाव्य, मालती मंगले गीतिनाटक, लगायतका कृति प्रकाशित छन । राष्ट्रकवि घिमिरेको कवि मात्र नभई गीतको लेखकको रुपमा पनि चिनिनुहून्छ । उहाँको किन्नर किन्नरी भित्रका गीतहरुमा मिठास रहेको र शव्दमा लालित्य रहेको कविहरु बताउछन् । त्यस्तै उहाँका सफल कवि सफल गीतकार र सफल नाटककार रहनु भएको साहित्यिक हस्तीहरु बताउछन् ।

यसैबिच राष्ट्रकवि माधव प्रसाद घिमिरेलाई सम्झदै युवा कवि सुदेश सत्यालले भने राष्ट्रकवि घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली लेख्ने लेखक मात्र नभई उहाँ साहित्यिक जगतको एक मुर्धन्य व्यक्ति पनि रहनु भएको भन्दै उहाँ अब हामीसंग नरहनु भएता पनि उहाँको कर्म सघै रहने बताउनु भयो । कवि सत्यालले राष्ट्रकवि घिमिरेले पुर्याउनु भएको योगदानको कदर गर्न अबको साहित्यिक यात्रा उहाँले देखाउनु भएको बाटोमा हिड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । राष्टकविले डोर्याउनु भएको बाटोमा हिड्न सकियो भने उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउनु भयो ।

खासगरी उहाँको लेखाईमा प्रकृति प्रेम र प्रकृति र जीवनलाई जोडेर प्रस्तुत गरेको पाईन्छ । आज जुनकुनै क्षेत्रका युवा पुस्ताले पनि उहाँको सक्रियता बाट पाठ सिक्दै जीवनलाई गतिशिल र सिर्जनशिल बनाउन आवश्यक छ ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएसँगै सिंगो नेपाली साहित्य टुहुरो बनेको छ । जीवनभर साहित्य सिर्जना मार्फत नेपाली साहित्यिक आकाशलाई उज्यालो बनाउनु भएका घिमिरेको मंगलबार निधन भएको हो । उहाँको सिंगो जीवनबाट आजका हरेक क्षेत्रका युवाहरुले सक्रियता र सिर्जनशिलताको निम्ति प्रेरणा लिनु आवश्यक छ ।

राष्ट्रकवि माधव प्रसाद घिमिरेको जन्म बि.सं. १९७६ साल असोज ७ गते भएको हो । उहाँको जन्म लमजुङ जिल्लाको पुस्तुन गाउँमा भएको थियो । उहाँ जन्मिएको तीन वर्षमा नै उहाँको आमाको निधन भएको थियो । ६ वर्षको हुँदा अक्षर चिन्नुभएका राष्ट्रकवि घिमिरेले ९ वर्षको हुँदा गाउँको फुलेबाबासँग पञ्चागं अध्ययन गर्नुभएको थियो । ११ वर्षको उमेरमा घर छाडेर दुराडाँडा(लमजुङ) गाउँको संस्कृत पाठशाला हुँदै काठमाडौंको रानीपोखरीमा रहेको संस्कृत प्रधान पाठशाला र तीनधारा संस्कृत पाठशालासम्म आइपुग्दा उहाँले प्रथमा उत्तीर्ण गर्नुभयो । त्यसपछिको अध्ययनका लागि उहाँ बनारस जानुभयो । घिमिरेले भारतमा बनारसको क्विन्स विश्वविद्यालयबाट सर्वदर्शनमा शास्त्री गर्नुभएको छ ।
१४ वर्षको उमेरमा ज्ञानपुष्प शीर्षकमा वि.सं.१९९२ मा गोरखापत्रमा पहिलो रचना छपाएर काव्य सिर्जनामा प्रवेश गर्नुभएका घिमिरे वि.सं. २००५ सालमा गोरखापत्रमै सह–सम्पादकको जागिरे समेत हुनुभएको थियो । बनारसबाट शास्त्री प्रथम खण्ड उत्तीर्ण गरेपछि वि.सं. १९९८ सालमा भाषानुवाद परिषदबाट मासिक २५ रुपैयाँ तलबमा लेखक पदमा र वि.सं. २००१ सालमा गोरखापत्र दैनिकमा मासिक ४० रुपैयाँ तलबमा सहायक सम्पादक रही काम गर्नुभयो । उहाँ बि.सं. २०१० सालमा लक्ष्मीप्रसाद देवकोटाको अध्यक्षतामा गठन भएको काव्य प्रतिष्ठानमा चार वर्षसम्म सदस्य रहनुभएको थियो । उहाँ वि.सं. २००८ सालमा लमजुङ फर्किएर माध्यमिक विद्यालयको प्रधानाध्यापक भएर शिक्षा क्षेत्रमा प्रत्यक्ष रूपमा संलग्न समेत हुनुभएको थियो ।

चर्चित राष्ट्रिय गीत ’गाउँछ गीत नेपाली’ का रचनाकार घिमिरे का अन्य चर्चित गीतहरूमा ’फूलको थुङ्गा बगेर गयो’ मा गायिका तारादेवी तथा ’आजै र राति के देखेँ सपना’ मा स्वरसम्राट नारायण गोपालले स्वर दिनुभएको छ । उहाँ वि.सं. २०१४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य भएपछि आजीवन सदस्य, उपकुलपति, कुलपति भएर प्रज्ञाप्रतिष्ठानमा लामो समयसम्म सक्रिय रहनुभएको थियो ।

घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार हुन् । आफ्नो जीवनको सम्पूर्ण समय नेपाली साहित्यको विकासमा समर्पण गर्नुभएका घिमिरे बाल्यकाल देखि नै साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख लगायतका विभिन्न विभिन्न विधमा कमल चलाउनु हुन्थ्यो । खासगरी उहाँको लेखाईमा प्रकृति प्रेम र प्रकृति र जीवनलाई जोडेर प्रस्तुत गरेको पाईन्छ ।

उहाँका नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले (गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर–किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध, आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) लगायतका कृतिहरु प्रकाशित भएका छन् । उहाँको पहिलो कृति नव मञ्जरी वि.सं. १९९४ सालमा प्रकाशित भएको थियो । त्यसयता निरन्तर उहाँ साहित्य साधनामा लागिरहनु भयो । साहित्य साधनाबाट अतुलनीय योगदान दिनुभएका घिमिरेलाई देशले राष्ट्रकविको उपाधि दिएको छ । उहाँले वि. सं. २०६७ सालमा पद्यश्री साधना सम्मान पुरस्कार पाउनुभएको थियो । त्यस्तै वि.स.२०७५ मा महा उज्वल पदकबाट सम्मानित गरिएको थियो । वि.सं.२०५४ सालमा हिमालपारि हिमालवारि कृतिका लागि साझा पुरस्कार प्राप्त गर्नुभएको थियो भने वि.सं.२०५८ सालमा चारु चर्चा कृतिका लागि साझा पुरस्कार प्राप्त गर्नुभएको थियो ।

जीवनको अन्तिम क्षणसम्म पनि सक्रिय साहित्यमा लागिरहनु भएका घिमिरेको निधन वि.सं. २०७७ साल भाद्र २ गते मङ्गलवार काठमाडौं, लैनचौरस्थित निवासमा १०१ वर्षको उमेरमा भयो । उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओडाएर उहाँलाई श्रद्धाञ्जली व्यक्त गरियो । विभिन्न क्षेत्रका शिर्ष व्यक्तित्वहरुले उहाँको निधनमा दुःख व्यक्त गरेका छन् भने सिंगो नेपाली साहित्य जगतको धरहरा ढलेको छ । साहित्य जगत टुहुरो भएको छ र शोकमा छ । तथापि जन्मिएपछि मर्नै पर्ने प्रकृतिको नियम छ । उहाँ मरेर पनि अमर हुनुभयो । आफ्नो सिर्जनाबाट युगौँ युग बाँचिरहनु हुनेछ । आजको जुनकुनै क्षेत्रका युवा पुस्ताले पनि उहाँको सक्रियता बाट पाठ सिक्दै जीवनलाई गतिशिल र सिर्जनशिल बनाउन आवश्यक छ ।

राष्ट्रकवि माधव घिमिरे १०१ वर्ष बाँच्नुभयो । जीवनभर सक्रियतापूर्वक साहित्य र सिर्जनाको सेवामा लाग्नुभयो । उहाँको योगदानले नेपाली साहित्यलाई निकै उचाईमा पुर्याएको छ । उहाँले साहित्यलाई दिनुभएको कृतिहरु जीवन्त रहिरहनेछन् । युगौँयुग बाँचिरहने छन् । पछिल्लो पुस्ता जो उमेरमै भएपनि आज सृजनशिल हुन र रचनात्मक हुन अल्छि गर्ने गरेका छन् । घिमिरेको जीवनी बाट उनीहरुले प्रेरणा लिन सक्नुपर्छ । जीवनमा साधना भनेको के हो ? सक्रियता भनेको के हो ? लगनशीलता भनेको के हो ? भन्ने कुरा राष्ट्रकविको जीवनी हेरेर नयाँ पुस्ताले प्रेरणा लिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन प्रधानमन्त्री बन्ने बाटो: राष्ट्रपतिले कसरी गर्दैछन् नियुक्ति ?

रवि लामिछाने मुद्दा: आदेश फेरि टर्‍यो, आइतबारसम्म प्रतीक्षा

सम्बन्धित

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु – प्रधानमन्त्री कार्की

“लचिलो यथार्थवाद” को झूटो वाचा

बालेन प्रधानमन्त्री बन्ने बाटो: राष्ट्रपतिले कसरी गर्दैछन् नियुक्ति ?

रवि लामिछाने मुद्दा: आदेश फेरि टर्‍यो, आइतबारसम्म प्रतीक्षा

ओलीको कडा निर्देशन: “सांसदहरूले पार्टीको लाइन बोल्नुपर्छ, व्यक्तिगत डम्फु होइन”

प्रचण्डको सन्देश: “रचनात्मक काममा साथ, गल्तीमा खबरदारी”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com