ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कैलाश खोलाले बगाएका १७ जना मध्ये ६ शव भेटियो, ११ जना बेपत्ता


एबीसी न्यूज


अछाम, ३ भदौ । अछाम जिल्लाको रामारोशन गाउँपालिका हुँदै बग्ने कैलाश खोलाले बगाएका १७ जना मध्ये ६ शव भेटिएको छ। मंगलबार राति परेको अबिरल बर्षाले गर्दा आएको बाढिले रामारोशन गाउँपालिका वडा नम्बर ५ सैनि बजारबाट बगाएका १७ जना मध्ये ६ जनाको शव कैलाश खोलाको विभिन्न स्थानमा भेटिएको हो।

४ जनाको शव बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नामा पर्ने कोसेडा क्षेत्रमा भेटिएको स्थानीय देबेन्द्र थापाले जानकारी दिनुभयो। थप २ जनाको शव मंगलसेन नगरपालिका वडा नम्बर ३ मा पर्ने लमतणा र सेरीमा भेटिएको खोजी कार्यमा खटिएका स्थानीय प्रकाश कुँवरले बताउनुभयो। जनप्रतिनीधी, प्रहरी प्रशासन, स्थानीय उद्धारकर्मिको टोलि यति बेला सैनि बजारमा उद्धारका लागि गई सकेको रामारोशन गाउँपालिकाका अध्यक्ष झँकर बहादुर साउँदले बताउनुभयो जिल्लाबाट झण्डै ७ घण्टा पैदल हिडेर लाग्ने भएकाले चाडै उद्धारका लागि पहल भईरहेको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले बताउनुभएको छ।

चाडै हेलिकप्टर मार्फत उद्धारका लागि केन्द्रसँग समन्वय भईरहेको प्रमुख जिल्ला अधिकारी उपाध्यायले जानकारी दिनुभयो। मंगलबार राती देखि आएको अविरल बर्षा पछि कैलाश खोलाले लाखौँ क्षेति पुगाएको छ। खोलाले मंगलसेन नगरपालिका वडा नम्बर १४ र बान्नीगढी जयगढ गाउँपालिकाको वडा नम्बर ६ दर्नामा स्थित पक्की पुल बगाउनुका साथै छेउछाउका खेतहरु बगरमा परिणत भएका छन्। यस्तै रामारोशन, मुजाबगर, गजडबजार, सेरि खेत, पुलबजार आसपासका खेत, कोसेडा, लगायत्का थुप्रै स्थानमा रहेका खेतहरु बगरमा परिणत भएको खबर आएका छन्। साथै निरन्तरको बर्षाका कारण रामारोशन गाउँपालिकाको केन्द्र मुजाबगर, गजडबजार लगायतका स्थान हरुमा ठूलो क्षेती गर्नुका साथै अन्य स्थानहरु पनि उच्च जोखिममा रहेका छन्।

मंगलबार राति देखि आएको अविरल बर्षा पछि कैलाश खोलामा आएको बाढीले छेउछाउका खेतहरु सबै बगरमा परिणत भएका छन्। रामारोशन, मुजाबगर, गजड बजार, सेरि खेत, पुलबजार आसपासका खेत, कोसेडा, लगायत्का थुप्रै स्थानमा रहेका खेतहरु बगरमा परिणत भएको जनाईएको छ। साथै निरन्तरको बर्षाका कारण रामारोशन गाउँपालिकाको केन्द्र मुजाबगर, गजडबजार लगायतका स्थान हरुमा ठूलो क्षेति गर्नुका साथै अन्य स्थानहरु पनि उच्च जोखिममा रहेका छन्।
यस्तै मंगलबार विहान ११ बजे तिर एकाएक वडा कार्यलयको वडा सदस्य मिन शाहाले जानकारी दिनु भयो। भवन भत्किदा कार्यलयमा रहेका सम्पूर्ण जिन्सी तथा कार्यलय प्रयोजनका कागजपत्रहरु नष्ट भएका वडा सदस्य शाहाले बताउनुभयो। कार्यालयको भवन जिर्ण अवस्थाको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com