ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ लाख ८३ हजार नाघ्यो


एबीसी न्यूज

काठमाडौं, ३ भदौ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ७ लाख ८३ हजार ४०८ जनाको ज्यान गएको छ ।

बुधवार विहानसम्म २ करोड २२ लाख ९४ हजार ३५३ जनामा कोरोना संक्रमण फैलिएको छ । पछिल्लो २४ घण्टामा विश्वभरबाट १ करोड ५० लाख ३७ हजार १६६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६१ हजार ९४३ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटर्सले जनाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । अहिलेसम्म अमेरिकामा १ लाख ७५ हजार १९ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा ४३ हजार १०४ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५६ लाख ५५ हजार ७९ पुगेको छ । हालसम्म ३० लाख १० हजार ३८८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १६ हजार ९७४ जनाको अवस्था गम्भीर छ । त्यस्तै बितेको २४ घण्टामा मात्र १ हजार ३०३ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

त्यस्तै ब्राजिलमा कुल संक्रमित संख्या ३४ लाख ६३ हजार २ सय ३५ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण १ लाख १० हजार १९ जनाको ज्यान गएको छ । २५ लाख ५४ हजार १७९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३१८ जनाको अवस्था गम्भीर छ । त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ५३ हजार १४ पुगेको छ । बितेको २४ घण्टामा ६५ हजार २२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २७ लाख ६६ हजार ६२६ पुगेको छ । हालसम्म २० लाख ३६ हजार ७०३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ हजार ८९ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।

त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १५ हजार ८७२ पुगेको छ । बितेको २४ घण्टामा ४ हजार ७ ४८ जनामा कोरोना पुष्टि भएको र १३२ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म ९ लाख ३२ हजार ४९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ७ लाख ४२ हजार ६२८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर छ । त्यस्तै दक्षिण अफ्रिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १२ हजार २६४ पुगेको छ । हालसम्म ५ लाख ९२ हजार १४४ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये ५३९ जनाको अवस्था गम्भीर रहेको र ४ लाख ८५ हजार ४६८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com