ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना रिपोर्ट नेगेटीभ आउदापनि सेनाले उठायो शव (कारण यस्तो)


एबीसी न्यूज
श्रावण ३२, २०७७ आईतबार  ९ : २० बजे

विराटनगर, ३२ साउन । शनिबार राति घरमै मृत्यु भएकी विराटनगर– ३ कि ८७ वर्षकी वृद्धाको नेपाली सेनाले अन्त्येष्टि गरेको छ । मृतकको घरमा रहेका बुहारी र नातीलाई कोरोना संक्रमण पुष्टि भएका कारण आफन्त र छिमेकीले वृद्धाको अन्त्येष्टिमा सहभागी हुन नमानेका हुन् ।
मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले आफन्त र परिवारका सदस्यसँगै छिमेकीले पनि अन्त्येष्टिमा सहभागी हुन नमानेपछि व्यवस्थापनका लागि सेनालाई जिम्मा जानकारी दिनुभयो । उहाँका अनुसार आफन्त र छिमेकी मृतकको घरमा जानै नमानेपछि २२ घण्टापछि सेनाले मोरङको कानेपोखरी जंगल लगेर शव व्यवस्थापन गरेको हो । मृतक महिलाका ५६ वर्षीय छोरा कोरोना संक्रमण पुष्टि भएपछि मंगलबारदेखि मारवाडी सेवा सदनको आइसोलेसनमा छन् । घरमा वृद्धा आमासँगै ५० वर्षकी बुहारी र २८ वर्षका नाती थिए । बुधबार उनीहरु तीनैजनाको स्वाब संकलन गरिएको थियो ।

शनिबार राति ९ बजे वृद्धाको घरमै मृत्यु भयो । साँझ नै बुहारीमा कोरोना संक्रमण पुष्टि भयो भने नातीमा संक्रमण देखिएन । आइतबार विहान भने नातीमा पनि कोरोना संक्रमण देखियो । मृतक वृद्धाको भने रिपोर्ट नेगेटिभ आयो ।

वृद्धामा संक्रमण नदेखिए पनि घरका सदस्यमा संक्रमण देखिएका कारण आफन्त र छिमेकी शव व्यवस्थापनमा सहभागी हुन डराएका हुन् । गेटबाहिरै बसेर शव व्यवस्थापनका लागि स्थानीय प्रशासनसँग सहयोग मागिएको आफन्त कुलमणि बरालले बताउनुभयो ।

कोरोना पोजेटिभ देखिएका मृतकको मात्रै शव नेपाली सेनाले व्यवस्थापन गर्छ । नेगेटिभ देखिए शव आफन्तलाई जिम्मा लगाइन्छ । तर नेगेटिभ रिपोर्ट आएकी वृद्धाको शव व्यवस्थापनमा आफन्तले नमानेपछि सेना खटिएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली र लेखकलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

एमालेको विरोधपत्र बुझ्दै काठमाडौंका सीडीओले भने– राजनीतिक विषयमा प्रवेश गर्दैनौं

सम्बन्धित

ओली र लेखकलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

ओलीको बन्दी प्रत्यक्षीकरणको रिटमा सोमबार सुनुवाइ

एमालेको विरोधपत्र बुझ्दै काठमाडौंका सीडीओले भने– राजनीतिक विषयमा प्रवेश गर्दैनौं

प्रचण्ड नेकपा संसदीय दलको नेता चयन

रवि लामिछानेको अर्को तारिख वैशाख १४ गते

ट्रम्पविरुद्ध अमेरिकाभरि प्रदर्शन : “नो किंग्स” आन्दोलनको तेस्रो चरण (फोटो फिचरसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com