ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिभुवन राजपथमा पहिरो खस्दा एक जना बेपत्ता, चार गाडी पुरिए


एबीसी न्यूज
श्रावण ३०, २०७७ शुक्रबार  ९ : ०९ बजे


त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–१२ स्थित गैरीगाउँमा माथिबाट पहिरो खस्दा एक जना बेपत्ता भएका छन् । पहिरोमा परी स्थानीय ५४ वर्षीय काले मोक्तान बेपत्ता भएको इलाका प्रहरी कायालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले जानकारी दिनुभयो ।

टिस्टुङ, ३० साउन ।  बिहीबार बेलुका गैरीगाउँमा सञ्चालनमा रहेको ढुङ्गाखानी जाने सडकमाथि ढिस्को खसेको थियो । पहिरोमा परी एउटा स्काभेटर र तीनवटा टिप्पर पुरिएका छन् । खानीबाट ढुङ्गा निकाल्ने एक्साभेटर र ढुङ्गा बोक्ने टिप्पर सडकमा रोकिराखेको अवस्थामा पहिरोमा परेका हुन् । ती गाडीमा रहेका व्यक्ति भने गाडीको सिसा फुटाएर बाहिर निस्किएको प्रत्यक्षदर्शीले बताएका छन् ।

पहिरोपछि सम्पर्कमा नरहेका काले मोक्तान ढुङ्गाखानीकै कर्मचारीको रुपमा रेखदेखको काम गर्दै आउनुभएको थियो । उहाँ सम्पर्कविहीन भएपछि बेहोस हुनुभएकी उहाँको पत्नीलाई राति नै नौखण्डैस्थित स्वास्थ्यचौकी पु¥याएर उपचार गरिएको छ । पहिरोले सडक पुरिएपछि त्रिभुवन राजपथ अवरुद्ध भएको छ । घटनाको खबर पाउने बित्तिकै इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी टोली घटनास्थल पुगेको भए पनि उद्धार गर्न नसकेपछि राति अबेर फर्किएको थियो । अहिले बिहान प्रहरी घटनास्थल पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

झण्डै दुई तिहाईको प्रधानमन्त्री बन्दै गरेका बालेनलाई चुनौती पनि दुई तिहाई

ट्रम्पले फेरि म्याद थपे : इरानले हर्मुज स्ट्रेट खोल्नैपर्छ, नत्र विद्युत् ग्रीडमा हमला

सम्बन्धित

झण्डै दुई तिहाईको प्रधानमन्त्री बन्दै गरेका बालेनलाई चुनौती पनि दुई तिहाई

चैत्र शुक्ल नवमी: विधिपूर्वक मनाइँदै रामनवमी पर्व

दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

अब प्रधानमन्त्री कार्यालय परिसर छिर्नै बालेनको सचिवालयको अनुमति चाहिने

बालेनले आज प्रधानमन्त्रीको शपथ लिँदै

ट्रम्पले फेरि म्याद थपे : इरानले हर्मुज स्ट्रेट खोल्नैपर्छ, नत्र विद्युत् ग्रीडमा हमला

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com