ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालले खेल्ने विश्वकप छनोट खेल स्थगित


एबीसी न्यूज
श्रावण २८, २०७७ बुधबार  ७ : ४६ बजे

काठमाडौं, २८ साउन ।  कतारमा सन् २०२२ मा हुने फिफा विश्वकप र चीनमा सन् २०२३ मा हुने एएफसी एसियन कपको संयुक्त छनोट प्रतियोगिताअन्तर्गत बाँकी रहेका खेलहरु पुनः स्थगित भएको छ । नेपालले प्रतिस्पर्धा गरिरहेको फिफा विश्वकप छनोट र एसियन कप छनोटअन्तर्गतका बाँकी खेलहरु पुनः स्थगित गरिएको एसियन फुटबल कन्फेडेरेसन (एएफसी)द्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

कोरोना भाइरसको महामारीलाई दृष्टिगत गर्दै फिफासँगको छलफलपछि अक्टोबर र नोभेम्बरमा तय गरिएको छनोट खेलहरु सबै स्थगित गरिएको एएफसीले जनाएको हो । अब उक्त खेलहरु सन् २०२१ मा हुने जनाएको छ । तर, कुन मितिमा हुने भन्ने निर्णय भएको छैन ।

विश्वकप र एसियन कप छनोटको खेलमा नेपालले अब तीन होम खेल खेल्न बाँकी छ । यसअघि नेपालले दशरथ रङ्गशालामा असोज र कात्तिकमा तीन खेल खेल्ने तालिका तय गरेको थियो । समूह ‘बी’ मा रहेको नेपालको पाँच खेलबाट तीन अङ्क रहेको छ । चाइनिज ताइपेलाई पराजित गरेको नेपाल समूहको चौथो स्थानमा छ । यस समूहको शीर्ष स्थानमा भने अष्ट्रेलिया रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

झण्डै दुई तिहाईको प्रधानमन्त्री बन्दै गरेका बालेनलाई चुनौती पनि दुई तिहाई

ट्रम्पले फेरि म्याद थपे : इरानले हर्मुज स्ट्रेट खोल्नैपर्छ, नत्र विद्युत् ग्रीडमा हमला

सम्बन्धित

झण्डै दुई तिहाईको प्रधानमन्त्री बन्दै गरेका बालेनलाई चुनौती पनि दुई तिहाई

चैत्र शुक्ल नवमी: विधिपूर्वक मनाइँदै रामनवमी पर्व

दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

अब प्रधानमन्त्री कार्यालय परिसर छिर्नै बालेनको सचिवालयको अनुमति चाहिने

बालेनले आज प्रधानमन्त्रीको शपथ लिँदै

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु – प्रधानमन्त्री कार्की

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com