काठमाडौं १६ साउन । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार काठमाडौंमा ३२, ललितपुर ५ र भक्तपुर १ जनालाई कोरोना संक्रमण देखिएको छ।
शुक्रबार थपिएकासहित काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ४२३, ललितपुरमा ९७ र भक्तपुरमा ५७ पुगेकोछ। काठमाडौं उपत्यकामा कहाँ कहाँ संक्रमित फेला परेका हुन् भन्ने विषयमा स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छैन। पछिल्लो २४ घण्टामा नेपालमा थप २२४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
आज थपिएका सहित नेपालमा संक्रमितको संख्या १९ हजार ५ सय ४७ जना पुगेको छ। शुक्रबार थप १५१ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १४ हजार ३ सय ९९ जना उपचारपछि निको भएका छन्। नेपालमा हालसम्म ५६ जना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घन्टामा ४ जना संक्रमितको मृत्यु भएको हो।
प्रतिक्रिया दिनुहोस्