काठमाडौं, १४ साउन । काठमाडौं, १४ साउन । पछिल्लो २४ घण्टामा नेपालमा थप २१० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताउनुभयो ।
उहाँका अनुसार आज थपिएका सहित नेपालमा संक्रमितको संख्या १९ हजार २ सय ७३ जना पुगेको छ। बुधबार थप १४६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १४ हजार २१ जना उपचारपछि निको भएका छन्। नेपालमा हालसम्म ४९ जना संक्रमितको मृत्यु भएको छ।
बुधबार काठमाडौं उपत्यकामा १५ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौं जिल्लामा १४ र भक्तपुरमा १ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले काठमाडौंका संक्रमित कुन ठाउँका हुन् भन्ने खुलाएको छैन । मंगलबार काठमाडौं उपत्यकामा ५३ जनामा कोरोना संक्रमण देखिएको थियो ।
प्रतिक्रिया दिनुहोस्