ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामाजिक सन्जालमा युवाहरुलाई फलो गर्ने दुई युवति पक्राउ


एबीसी न्यूज
श्रावण ११, २०७७ आईतबार  ४ : ०६ बजे

काठमाडौं, ११ साउन । टिकटक, फेसबुकलगायत सामाजिक सन्जालमा युवाहरुलाई फलो गरेर पछि नजिक हुने र अमेरिकाको डिभी परेको छ भनेर प्रलोभन बाँड्दै ठगी गरेको आरोपमा दुई जना युवती पक्राउ परेका छन्। डीभी परेको भनेर अमेरिका लैजाने प्रलोभनमा ठगी गरेको आरोपमा बाग्लुङकी १९ वर्षीया अमिसा केसी र २७ वर्षीया कोपिला शर्मा पक्राउ परेका हुन् । उनीहरुलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरले पक्राउ गरेको हो ।

दुवै जना बाग्लुङको काठेगाउँपालिका–२ का हुन्। उनीहरु भक्तपुरको रोजभिलेज कोलोनीमा बस्दै आएका थिए। उनीहरुविरुद्ध ६ लाख ६० हजार रुपैयाँ ठगी गरेको आरोप छ। महाशाखाका अनुसार कोपिला र अमिशाले टिकटक, फेसबुकलगायत सामाजिक सञ्जालमा युवाहरुलाई फलो गरी ‘आफू फ्यान’ भएको बन्दै साथी बन्न आग्रह गर्ने गरेका थिए।

त्यसपछि उनीहरुले आफूहरु डिभी होल्डर भएको तर लकडाउनका कारण नेपालमा अड्किएका बताउने गरेका थिए। नेपालमा रहेको डिपार्टमेन्ट स्टोर चलाउन पैसा चाहिएको र पैसा दिए पार्टनरसमेत बनाउने आश्वासन उनीहरुले दिने गरेको महाशाखाको भनाइ छ। केहीलाई भने आफूले विवाह गरी अमेरिका लैजानेसम्मको आश्वासन दिने गरेको महाशाखाका प्रवक्ता ईश्वर कार्कीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

सम्बन्धित

ओली पक्राउको विरोधमा एमाले , चावहिल क्षेत्रमा प्रदर्शन

ओली र लेखक पक्राउ : विदेशी मिडियाले के लेखे ?

ओली टिचिङ अस्पतालको ‘रेड एरिया’को २७ नम्बर बेडमा

नवलपरासीको दाउन्ने क्षेत्रमा दुर्घटना, तीनजनाको मृत्यु, १५ घाइते

एमालेले डाक्यो सचिवालयको आकस्मिक बैठक

बालेन सरकारले प्रतिशोध र पूर्वाग्रहको झल्को दिएको महेश बस्नेतको भनाइ, एमालेले आजैदेखि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com