ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मृतक बालकको परिवारलाई दश/दश लाख दिइने


एबीसी न्यूज
श्रावण ९, २०७७ शुक्रबार  १२ : १० बजे


सुरुङ्गा , ९ साउन भद्रपुर नगरपालिका–२ पृथ्वीनगरस्थित कमलधाप पर्यटन तथा सिमसार क्षेत्रको निर्माणाधीन पोखरीमा डुबेर मृत्यु भएका तीन जना बालकको परिवारलाई रु दश/दश लाख प्रदान गरिने भएको छ । निर्माण कम्पनीले खनेर छाडेका पोखरीमा डुबेर गत बुधबार बालकको मृत्यु भएको थियो ।

बिहीबार उचित क्षतिपूर्तिको माग राख्दै परिवारले शव बुझेका थिएनन् । भद्रपुर नगरपालिका, कमलधाप पर्यटन क्षेत्र विकास समिति र पीडित पक्षसँग भएको छलफलपश्चात् पाँचबुँदे लिखित सम्झौतापछि परिवारले दश घण्टापछि मृतक तीनै जना बालकको शव बुझेका थिए ।

कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माणस्थलमा खनिएको पोखरीमा डुबेर भद्रपुर–२ डिगाउँ बस्ने अनिल तामाङका १० वर्षीय छोरा अङ्कुस तामाङ, बिर्तामोड नगरपालिका–९ हाल मावाला बस्दै आएका दीपक थामीका दुई छोरा १४ वर्षीय करण र ११ वर्षीय अर्जुन थामीको मृत्यु भएको थियो । मृत्यु हुनेमा अनिलको शव बुधबार साँझ ७ बजे भेटिएको थियो, भने थामी दाजुभाइको शव बिहीबार बिहान ९ बजे मात्रै भेटिएको थियो ।

थामी दाजुभाइको शव नबुझ्ने भन्दै पीडित पक्षले घटनास्थलमा विहीबार दिनभर न्याय र राहतको माग गर्दै धर्ना दिएका थिए । छलफलपश्चात् भएको सम्झौतामा नगरपालिकाले सम्बन्धित सबै सरोकारवाल पक्ष र सरकारसँग समन्वय गरी मृतकका परिवारलाई रु १० लाखको दरले राहत उपलब्ध गराउने, पीडित पक्षको सम्बन्धित व्यक्तिलाई यस कमलधापमा सञ्चालित परियोजनामा रोजगारको व्यवस्था, निर्माणाधीन स्थलमा पुनः यस्ता घटना नदोहोरिनको लागि निर्माणस्थलमा सुरक्षाको व्यवस्था, कमलधाप पर्यटन क्षेत्र विकास समिति खारेज र पीडितका परिवारलाई ३५ दिनभित्रमा राहतलगायतको सम्झौता कार्यान्वयन गर्ने निर्णय भएको छ ।

सम्झौतापत्रमा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, २ नम्बर वडाध्यक्ष भीमबहादुर सुब्बा, बिर्तामोड नगरपालिका–९ नम्बर वडाका सदस्य हरि चम्लागाई र बालकृष्ण कार्की, नेकपाका भद्रपुर अध्यक्ष शिवकुमार राजभण्डारी, नेपाली काँग्रेसका राजु गिरी, तामाङ समाजका दलबहादुर लामा, थामी समाजका मेघराज थामी, कमलधाप पर्यटन क्षेत्र विकास समितिका राजु दाहाल, सुब्बे थामी र पूर्णबहादुर तामाङले हस्ताक्षर गर्नुुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

सम्बन्धित

ओली-लेखक पक्राउबारे कांग्रेसले भन्यो– सरकार संयमित नभए देश द्वन्द्वतर्फ जानसक्छ

ओली पक्राउको विरोधमा एमाले , चावहिल क्षेत्रमा प्रदर्शन

ओली र लेखक पक्राउ : विदेशी मिडियाले के लेखे ?

ओली टिचिङ अस्पतालको ‘रेड एरिया’को २७ नम्बर बेडमा

नवलपरासीको दाउन्ने क्षेत्रमा दुर्घटना, तीनजनाको मृत्यु, १५ घाइते

एमालेले डाक्यो सचिवालयको आकस्मिक बैठक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com