ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतबाट बढेर आयो इन्धनको मुल्य, निगमलाई घाटै घाटा


admin
मंसिर १९, २०७४ मंगलबार  १२ : २२ बजे

काठमाडौं, १९ मंसिर । भारतबाट आयात हुने इन्धनको मुल्य बढेको निगमले जनाएको छ । भारतले पठाएको पछिल्लो मुल्यसुची अनुसार हवाइ इन्धनमा साविकको भन्दा सात प्रतिशत, डिजेलमा २ प्रतिशत तथा पेट्रोल र खाना पकाउने एलपी ग्यासमा १ प्रतिशत मुल्य बढेको हो ।

भारतले इन्धनको मुल्य बढाउदा निगमलाई भने घाटा व्यर्होनु परेको छ । निगमको हाल प्रति ग्यास सिलिण्डर घाटा रु २ सय ४८ रुपैया ६४ पैसा छ भने प्रतिलिटर डिजेलमा ४ रुपैया २५ पैसा र प्रतिलिटर पेट्रोलमा १४ पैसा घाटा छ । यस अघि नै घाटामा गइरहेको निगमलाई हालको मुल्यवृद्धि हुनु भन्दा पहिले प्रति ग्यास सिलिन्डर विक्रीमा घाटा रु २ सय ३७ रुपैया ६७ पैसा, प्रतिलिटर डिजेलमा ३ रुपैया ९८ पैसा थियो । पेट्रोलको प्रतिलिटर यस्तो घाटा भने साविककै दरमा छ ।

निगमलाई हवाई इन्धन र मट्टीतेलमा भने नाफा छ । पछिल्लो मूल्यसूची अनुसार निगमलाई प्रतिलिटर मट्टीतेलमा ११ रुपैयाँ, हवाई इन्धन ९बाहृय० मा १० रुपैयाँ १३ पैसा र हवाई इन्धन ९आन्तरिक० मा २ रुपैयाँ ४९ पैसा नाफा छ । यसअघि निगमलाई प्रतिलिटर मट्टीतेलमा १५ रुपैयाँ, हवाई इन्धन (बाहृय० मा १८ रुपैयाँ ३१ पैसा र हवाई इन्धन आन्तरिकमा १२ रुपैयाँ नाफा थियो । हवाई इन्धन र मट्टितेलको माग कम भएकोले नाफा भए पनि फरक नपर्ने निगमले जनाएको छ ।

सरकारले पेट्रोलियममा स्वचालित मूल्यप्रणाली अपनाए पनि पछिल्लो समय त्यसको अभ्यास हुन नपाउँदा यस्तो घाटा चुलिएको हो । । स्वचालित मूल्य प्रणाली इन्धनको अन्तर्राष्ट्रिय मूल्य बढ्दा नेपालमा पनि बढ्ने र घट्दा उसैगरी घट्ने प्रणाली हो ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

रुपन्देही निर्वाचन: ६ जना पूर्वमन्त्रीको भिड, चुनावी प्रतिस्पर्धा तातिरहेको छ

सम्बन्धित

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

सुन–चाँदीको मूल्यमा नयाँ रेकर्ड ,तोलाको कतिमा हुँदैछ कारोबार ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com