ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अयोध्याबारे अध्ययन गर्नुपर्ने


एबीसी न्यूज
श्रावण ४, २०७७ आईतबार  १२ : ०६ बजे

काठमाडौं, ४  साउन । भगवान् रामको जन्मस्थलका बारेमा विस्तृत अध्ययन गर्नुपर्ने सरोकारवालाले आवाज उठाएका छन् । हालको माडी नगरपालिकामा पर्ने अयोध्यापुरी र आसपासका क्षेत्र भगवान् रामको जन्मभूमि हुनसक्ने भन्दै अध्ययन र अनुसन्धान गर्नुपर्ने आवाज उठेको हो ।

चार दशकदेखि धार्मिक एवं सांस्कृतिक विषयमा अध्ययन तथा अनुसन्धान गर्दै आउनुभएका लेखक डिआर पोखरेल भारतको अयोध्यामा राम जन्मेको भनेर जे भनिँदैछ, त्यो सबै नक्कली कुरा मात्र भएको बताउनुहुन्छ । यसबारेमा भारतीय विद्वानहरु नै सबै अन्योलमै रहेको भन्दै उहाँले भारतको सर्वोच्च अदालतले समेत राम जन्मेको भन्ने कुनै प्रमाण दिन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “अदालतले पनि भारतको अयोध्यामा राम जन्मेको भन्ने विषयलाई अहिलेसम्म स्वीकार्न सकेको छैन ।” कालीदासको पुस्तक ‘मेघदूत’ मा पनि त्यो भारतको अयोध्या क्षेत्रलाई ‘साकेत’ भनेर उल्लेख गरिएको पोखरेलले बताउनुभयो ।

राम कता जन्मिए भन्ने विषयलाई बुद्ध दर्शन र हिन्दू दर्शनको इतिहासलाई निकै गहिरोसँग अध्ययन गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “बौद्धधर्म दर्शनका पुस्तक अध्ययन गर्दा अहिले भारतको अयोध्या भनिएको ठाउँलाई बुद्ध दर्शनशास्त्रहरुमा ‘साकेत’ भनेर उल्लेख गरिएको पाइन्छ ।”

लवकुश वाल्मीकि आश्रममा जन्मिने, सीता पनि जनकपुरमा जन्मिएकाले पक्कै राम पनि यतै जन्मिए भनेर अनुमान भने गर्न सकिने उहाँको भनाइ छ । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकाल नगरपालिकाको वडा नं ९ गणेशकुञ्ज क्षेत्रमा विगतका पैसा, माटोका भाँडा, इँटाजस्ता सामग्री भेटिएको बताउनुहुन्छ । सरकारी वन क्षेत्रमा ती सामग्री भेटिएको भन्दै उहाँले यस क्षेत्रको गहिरो अध्ययन जरुरी रहेको बताउनुभयो । इतिहासविद्हरु, पुरातत्व विभागलगायतसँग समन्वय गरेर रामको जन्मका विषयमा थप अध्ययन गर्ने तयारीमा नगरपालिका लागेको उहाँले जानकारी दिनुभयो ।

नगरपालिकाले धार्मिक गुरुहरुको भेला गरी उनीहरुको सुझाव सङ्कलन गरेको बताउँदै ढकालले स्थानीय सरोकारवालाहरुसँग नियमित छलफल भइरहेको बताउनुभयो । महेश सन्न्यास आश्रम देवघाटका पीठाधीश रमणानन्द गिरी यस विषयमा विस्तृत अध्ययन आवश्यक रहेको बताउनुहुन्छ । प्रमाणबिना बोल्दा झन् सतही हुने भएकाले राजनेताहरुले विज्ञहरुसँग परामर्श लिएर मात्रै यस्ता महत्वपूर्ण विषयहरु सार्वजनिक गर्नुपर्ने उहाँको सुझाव छ ।

पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम प्रधानमन्त्रीबाट विषय उठान भइसकेकाले रामको जन्मभूमिका विषयमा अध्ययन अनुसन्धान थाल्नुपर्ने बताउनुहुन्छ । प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालयको संस्कृति विभाग, भूगोल विभाग, इतिहास विभागलगायतका विज्ञहरुसँग परामर्श गरेर अघि बढ्ने तयारी विभागले गरेको गौतमको भनाइ छ ।

नेपालमा बुद्धका बारेमा विस्तृत अध्ययन भएको भए पनि राम र कृष्णका बारेमा खासै अध्ययन नभएको भन्दै उहाँले यस्ता महत्वपूर्ण विषयमा हामीले ध्यान पु¥याउनुपर्ने बताउनुभयो । यसअघि माडीमा अयोध्यापुरी गाउँ विकास समिति नै रहेको थियो । माडीका चार गाउँ विकास समिति मिलेर माडी नगरपालिका बनेको हो ।

विसं २०५४ मा अयोध्यापुरी गाउँ विकास समितिका अध्यक्ष रहनुभएका नारदमणि पौडेल राम यहाँ जन्मेको भन्ने कुरा सत्यताको नजिक रहेको बताउनुहुन्छ । उहाँले अयोध्यापुरीको पश्चिममा वाल्मीकि आश्रम र पूर्वमा जनकपुर रहेको बताउनुभयो । वाल्मीकि आश्रममा लवकुश जन्मिएका हुन् भने जनकपुरमा सीता जन्मिएकी हुन् । दुवै ठाउँ यो मध्य भाग हो । जहाँ सीता गुफा पनि भएको उहाँको भनाइ छ ।

सोही क्षेत्रका अध्येता पण्डित बलभद्र पौडेलले आफ्नो लेखमा रामको जन्मभूमि सोही क्षेत्र भएको उल्लेख गरेको र उहाँका छोरा हरिकृष्ण पौडेलले पनि यसै विषयमा अध्ययन गरिरहेकाले रामको जन्मभूमि वा विचरण गरेको क्षेत्र अयोध्यापुरी नै भएको ठम्याइ आफूहरुको रहेको उहाँको भनाइ छ । उहाँले यस क्षेत्रको अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो ।

सोमेश्वर पर्वतको काखमा सीता गुफा रहेको छ । सीताले अयोध्या त्यागेपछि वनबास जीवन बिताउने क्रममा यसै गुफामा बसेर तपस्या गरेको किंवदन्ती छ । अयोध्याका राजा रामको आज्ञा पालना गर्दै लक्ष्मणले सीतालाई वनमा लगेर छाडिदिएपछि सीता भौँतारिँदै यस क्षेत्रमा आएको भनाइ छ ।

गुफाको नजिकै रहेको अजङ्गको चट्टानमा सीताले शिवलिङ्गको आकृति खोपेर रामको तपस्या गर्ने गरेकी थिइन् । जुन शिवलिङ्गको आकृति भएको चट्टान अहिले पनि गुफा नजिकै सुरक्षित छ । ठोरीको जङ्गलमा रहेको गुफाबाट डुल्दाडुल्दै सीता त्रिवेणीस्थित वाल्मीकि आश्रम पुगेको जनविश्वास छ ।

वाल्मीकि आश्रम अहिले महत्वपूर्ण धार्मिकस्थलको रूपमा प्रख्यात छ । माडीकै वडा नं १ मा वाल्मीकि आश्रम छ । ठोरी–माडी क्षेत्रमा अयोध्या भएको प्रसङ्ग पनि मिल्ने गरेको छ । वाल्मीकि आश्रममा सीता बसेको, लवकुशले खेलेको धार्मिक र ऐतिहासिक प्रमाण छ । वाल्मीकि आश्रम त विश्वकै हिन्दूका लागि पवित्र धार्मिकस्थल पनि हो । अयोध्यापुरीबाट वाल्मीकि आश्रममा सीता आएको प्रसङ्ग तर्कसङ्गत पनि देखिन्छ । माडीको पाण्डवनगरबाट हिँडेर जाने हो भने करिब २६ किलोमिटर दूरीमा पर्छ तर सो क्षेत्र चितवन राष्ट्रिय निकुञ्जमा पर्ने भएकाले माडीवासीको सहज पहुँचमा छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

सम्बन्धित

ओली-लेखक पक्राउबारे कांग्रेसले भन्यो– सरकार संयमित नभए देश द्वन्द्वतर्फ जानसक्छ

ओली पक्राउको विरोधमा एमाले , चावहिल क्षेत्रमा प्रदर्शन

ओली र लेखक पक्राउ : विदेशी मिडियाले के लेखे ?

ओली टिचिङ अस्पतालको ‘रेड एरिया’को २७ नम्बर बेडमा

नवलपरासीको दाउन्ने क्षेत्रमा दुर्घटना, तीनजनाको मृत्यु, १५ घाइते

एमालेले डाक्यो सचिवालयको आकस्मिक बैठक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com