ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफ्नै छोरी र आमालाई बलात्कार गर्ने पक्राउ


एबीसी न्यूज
असार ३१, २०७७ बुधबार  ८ : १७ बजे

काठमाडौं, ३१ असार ।  बैतडीमा दुई वटा छुट्टाछुट्टै बलात्कारका घटनामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिकावाट आफ्नै ११ वर्षीया छोरी बलात्कार गरेको आरोपमा ४५ बर्षीय बुवालाई पक्राउ गरिएको हो ।

मङ्गलबार जबरजस्ती गर्न खोज्दा भागेकी छोरीलाई गाउँलेले सोधपुछ गर्दा पटकपटक बलात्कार गरेको खुलेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक गौरीप्रसाद जैसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयोे ‘‘छोरीको शरीरमा पनि निलडाम भएको, बेलाबेलामा कराउँने र भागेर छिमेकीको शरणमा बुबाले पटकपटक बलात्कार गरेको खुल्न आएको छ ।’’

बलात्कार गर्ने छोरीकी आमाको यसअघि नै मृत्यु भइसकेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘‘श्रीमतीको मृत्यु भइसकेपश्चात छोरीलाई मादकपदार्थ सेवन गरी पटकपटक जबरजस्ती गर्ने गरेको रहेछ, मङ्गलबार पनि जबरजस्ती गर्न खोजेका बेला छोरी भागेको र सोधपुछ गर्दा बलात्कार गरेको खुल्न आएकोले समातेर प्रहरीलाई बुझाएका हौं ।’’ घटनाको थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक नारायणप्रसाद अधिकारीले बताउनुभयो ।

यस्तै जिल्लाको पुर्चौडी नगरपालिकामा आफ्नै आमालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले उनका छोरालाई पक्राउ गरेको छ । बत्तीस वर्षीय छोराले ६१ वर्षीया आमालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो । मङ्गलबार घरमै जबरजस्ती करणी गरिरहेको भन्ने थाहा पाएपछि वडाध्यक्षले प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोली घटनास्थल पुग्दा आमालाई जबरजस्ती करणी गरी नुवान नामक विषादी सेवन गरेको अवस्थामा फेला गरेको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक जैसीले बताउनभुयो । आमालाई बलात्कार गरी बिषादी सेवन गरेका छोरालाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको र उनको अवस्थामा सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

सम्बन्धित

ओली-लेखक पक्राउबारे कांग्रेसले भन्यो– सरकार संयमित नभए देश द्वन्द्वतर्फ जानसक्छ

ओली पक्राउको विरोधमा एमाले , चावहिल क्षेत्रमा प्रदर्शन

ओली र लेखक पक्राउ : विदेशी मिडियाले के लेखे ?

ओली टिचिङ अस्पतालको ‘रेड एरिया’को २७ नम्बर बेडमा

नवलपरासीको दाउन्ने क्षेत्रमा दुर्घटना, तीनजनाको मृत्यु, १५ घाइते

एमालेले डाक्यो सचिवालयको आकस्मिक बैठक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com