ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुबै देशका बौद्धिक बर्गले सुमधुर सम्बन्ध पुनर्बहाली गर्नुपर्छ – करण सिंह


एबीसी न्यूज
असार ३१, २०७७ बुधबार  ८ : १४ बजे

काठमाडौं, ३१ असार । नेपाल–भारत सम्बन्धका जानकार तथा भारतका वरिष्ठ राजनीतिज्ञ करण सिंहले रामबारे नेपालका प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिले विश्वभरका हिन्दू धर्मावलम्बी मर्माहत बनेको टिप्पणी गरेका छन् ।

रामको जन्म पूर्वी नेपालको एक गाउँमा भएको र भारतले कृत्रिम अयोध्या तयार गरेको भन्दै ओलीले दिएको अभिव्यक्तिले आफू आश्चर्यचकित भएको सिंहको भनाइ छ ।

भारतका मात्र नभएर नेपालका अनि विश्वभरका करोडौं हिन्दू धर्मावलम्बी मर्माहत भएको भन्दै सिंहले प्रधानमन्त्री ओली सकेजति जे पनि गर्न उद्धत रहेको आरोप लगाएका छन् ।

ओलीको राम र अयोध्या अभिव्यक्तिले दुई देशबीचको दूरी अझ बढाउन खोजेको भन्दै सिंहले दुबै देशका बौद्धिक बर्गले दुई देशबीचको वर्षौँदेखिको सुमधुर सम्बन्ध पुनर्बहाली गर्न काम गर्नुपर्ने आग्रह गरेका छन् ।

यसैबीच भारतका विश्व हिन्दू परिषद, श्री राम जन्मभूमि ट्रष्ट र आयोध्याका सन्तहरुले नेपालका प्रधानमन्त्री ओलीलाई भगवान रामलाई क्षेत्रीय राजनीतिबाट टाढा राख्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले भानुजयन्तीको अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा सीता भारतका नभएर अयोध्याका रामलाई दिएको र त्यो अयोध्या वीरगन्ज पश्चिमको गाउँ भएको विवादास्पद अभिव्यक्ति दिएका थिए । ओलीको यही भनाइलाई लिएर नेपाल(भारतमा आलोचना भइरहेको छ । भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा), विपक्षी भारतीय राष्ट्रिय कांग्रेसदेखि भारतका सन्त–महन्तहरुले समेत चर्को विरोध गरेका छन् । भारतीय सन्तमहन्तहरुको छाता संगठन राष्ट्रिय अखाडा परिषद्ले ओलीले माफी माग्नु पर्ने बताएको छ ।

पछिल्लो समय भारतले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा सडक बनाएपछि नेपालले त्यसको प्रतिवाद गर्दै नयाँ नक्शा जारी गरेको छ । दुई देशबीच संवादसम्म हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

सम्बन्धित

ओली-लेखक पक्राउबारे कांग्रेसले भन्यो– सरकार संयमित नभए देश द्वन्द्वतर्फ जानसक्छ

ओली पक्राउको विरोधमा एमाले , चावहिल क्षेत्रमा प्रदर्शन

ओली र लेखक पक्राउ : विदेशी मिडियाले के लेखे ?

ओली टिचिङ अस्पतालको ‘रेड एरिया’को २७ नम्बर बेडमा

नवलपरासीको दाउन्ने क्षेत्रमा दुर्घटना, तीनजनाको मृत्यु, १५ घाइते

एमालेले डाक्यो सचिवालयको आकस्मिक बैठक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com