ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मौन अवधिमा सामाजिक संजालबाट मत माग्न नपाइने


sharan sharan

चितवन, १९ मंसिर। मौन अवधि र मतदानका दिन पालना गर्नुपर्ने आचरण र नियमका विषयमा जानकारी दिँदै केन्द्रीय अनुगमन कर्ताहरुले मौन अवधिमा फेसबुक, ट्विटर, भाइबर जस्ता सामाजिक सञ्जालबाटसमेत मत माग्न र चुनाव प्रचार गर्न निर्वाचन आयोगले रोक लगाएको बताएका छन्। त्यसो गरेको भेटिएमा कारबाही हुने आयोगले खटाएका अधिकारीहरुले जानकारी दिएका छन् । बिहीबार हुने मतदानका लागि प्रचार प्रसार कार्य सोमबार मध्यरातबाट सकिएको छ । मौन अवधि भनिने यो समयमा उम्मेदवार र पार्टीहरुले प्रचार प्रसार गर्नै पाउँदैनन् ।


मौन अवधिमा उम्मेदवार र पार्टीले मात्रै हैन अरुले पनि मत माग्न पाउँदैनन् । फेसबुक, ट्विटर, भाइबर जस्ता सामाजिक सञ्जालबाट समेत यो समयमा मत माग्न नपाइने अधिकारीहरुले चेतावनी दिएका छन् । निर्वाचन आयोगले अनुगमनका लागि जिल्ला जिल्लामा टोलीसमेत खटाएको छ । चितवनमा मंसिर सात गते नै केन्द्रीय अनुगमन टोली आएर अनुगमन गरिरहेको छ ।‘मौन अवधिमा सामाजिक सञ्जाल र मोबाइल फोनको एसएमएसबाट मत मागे, चुनाव प्रचार गरे एक लाख रुपैयाँसम्म जरिवाना र सम्बन्धित उम्मेदवारको उम्मेदवारी खारेजसम्म हुने कानुनी प्रवधान छ,’ निर्वाचन आयोगले चितवनका लागि खटाएको केन्द्रीय अनुगमन समितिका टोली प्रमुख सह–न्यायाधिवक्ता उद्धबप्रसाद पुडासैनीले सोमबार साँझ चितवन जिल्ला प्रशासन कार्यालयमा भएको पत्रकार सम्मेलनमा जानाकारी   दिए ।

टोलीका अर्का प्रमुख सह–सचिव रामकृष्ण सुवेदीले उल्लंघनका घटना भए सुचना दिन मतदाता र सर्वसाधरणलाई आग्रह गरेका छन् । ‘हामी पनि खटिरहेका छौं । सुक्षम अनुगमनका लागि अर्को टोली पनि आएको छ । मौन अवधिमा गर्न नपाइने कामहरु कहि कतै भएको रहेछ भने हामीले रोक्ने छौं । ‘मिडियाबाट मात्रै नभएर मोबाइलको एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमका सामाजिक सञ्जालमार्फत् पनि मत माग्न र निर्वाचनको प्रचार प्रसार गर्न पाइँदैन’ टोली प्रमुख उद्धवप्रसाद पुडासैनीले भने । बिहीबार हुने मतदानको दिन पनि मतदाता, उम्मेदवार र पत्रकार र पर्यवेक्षकहरुले पनि विभिन्न नियमहरु पालना गर्नुपर्ने हुन्छ ।

मतदानका दिन मतदान केन्द्रमा राजनीतिक दल वा उम्मेदवारका प्रतिनिधिले निर्वाचन चिन्ह वा संकेत नभएको पहिरन, परिचयपत्र र व्याज मात्र प्रयोग गर्नुपर्ने हुन्छ । मतदानका दिन कुनै पनि खालका गाडी प्रयोग गरेर मतदातालाई ल्याउन लैजना पाइँदैन । तर शारीरिकरुपले अशक्त वा हिँडडुल गर्न नसक्ने मतदाताका लागि मतदान अधिकृतले तोकेको सवारी साधन प्रयोग गर्न सकिने छ ।
‘मौन अवधि भनेको एक प्रकारले अघोषित कफ्र्यु जस्तै हो । भेला भएर मत माग्न वा निर्वाचन विरोध कुनै पनि खालका काम गर्न पाइँदैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com