ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना अपडेट : विश्वभर ९७ लाख मानिस संक्रमित, ४ लाख ९१ हजार ७ सय ८३ जनाको मृत्यु


एबीसी न्यूज

काठमाडौं, १२ असार । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट विश्वभर ९७ लाख व्यक्तिहरु संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १ लाख ७९ हजार ५२१ नयाँ संक्रमित थपिएका छन् । यो सगै विश्वभर कुल संक्रमितको संख्या ९७ लाख १० हजार १६७ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा ५ हजार १ सय ७८ जनाले ज्यान गुमाएका छन् । यो सगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ९१ हजार ७ सय ८३ पुगेको छ । कुल संक्रमित मध्ये ५२ लाख ५५ हजार ७३१ जना संक्रमणमुक्त भएका छन् । ३९ लाख ५६ हजार २२५ जनाको विश्वका विभिन्न कोरोना उपचार अस्पतालहरुमा उपचार भईरहेको छ भने ५७ हजार ६२५ जनाको अवस्था गम्भिर रहेको छ ।

कोरोना भाइरसबाट संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी संक्रमित देखिएका छन् । केही समययता अमेरिकामा कोरोना संक्रमितको संख्या बढिरहेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा ३७ हजारभन्दा बढी कोरोना संक्रमित भएको पुष्टि भएको छ ।

पछिल्लो अपडेट अनुसार अघिल्लो दिनको तुलनामा ब्राजिलमा सबैभन्दा धेरै कोरोना संक्रमित देखिएका छन् । ब्राजिलमा २४ घण्टामा ४० हजारभन्दा बढीमा कोरोना संक्रमणको पुष्टि भएको हो । ब्राजिलमा १२ लाख ३३ हजार १ सय ४७ जनामा कोरोना संक्रमण फैलिएको छ ।

अमेरिका, ब्राजिल र रसियापछि भारतमा धेरै कोरोना संक्रमितको संख्या पुष्टि भएको छ । भारतमा पछिल्लो २४ घण्टामा १८ हजारभन्दा बढी संक्रमित थपिएका छन् । भारतमा कुल संक्रमितको संख्या ४ लाख ९१ हजार १ सय ७० पुगेको छ भने निको हुनेको संख्या २ लाख ७५ हजार ६ सय ७१ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा भारतमा ४ सय १ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् । योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १५ हजार ३ सय ८ पुगेको छ ।

युरोपेली मुलुकमध्ये रसियामा सबैभन्दा संक्रमित भेटिएका छन् । रसियामा ६ लाख १३ हजार ९ सय ९४ मा कोरोना पुष्टि भएको छ भने गएको २४ घण्टामा ७ हजार १ सय १३ जना नयाँ संक्रमित थपिएका छन् ।

यस्तै युरोपका देश बेलायत, स्पेन, इटली, जर्मनी र फ्रान्समा पनि कोरोना संक्रमितको संख्या उच्च देखिएको छ ।

युरोपका मुलुकमा २३ लाख ७२ हजार जनामा कोरोना संक्रमण देखिएको छ भने १ लाख ८९ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टामा युरोपेली मुलुकमा ४ सय १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

उत्तर अमेरिकी मुलुकमा २९ लाखभन्दा बढी कोरोनाको संक्रमणमा छन् भने ४५ हजारभन्दा बढी नयाँ थपिएका छन् । उत्तर अमेरिकाका देशहरुमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ६२ हजार ३ सय १० पुगेको छ । निको हुने १३ लाख ८ हजार छन् ।

एसियाली मुलुकमा सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएको देशमा भारत छ । भारतपछि इरान, टर्की, पाकिस्तान र साउदी अरबमा पनि कोरोना संक्रमितको संख्या उच्च छ । यस्तै बंगलादेशमा १ लाख २६ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ९ सय जना नयाँ संक्रमित पुष्टि भएको छ ।

पहिलोपटक कोरोना भाइरस भेटिएको देश चीनमा पछिल्लो २४ घण्टामा १९ जना मात्र नयाँ संक्रमित थपिएका छन् । चीनमा कोरोना संक्रमितको संख्या ८३ हजार ४ सय ४९ पुगेको छ ।

दक्षिण अमेरिकी मुलुकहरुमा १९ लाख ८४ हजार ९ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ७७ हजार ८ सय ५० जनाको ज्यान गएको छ ।

दक्षिण अमेरिकी मुलुकमा पछिल्लो २४ घण्टामा ५८ हजारभन्दा बढी संक्रमित भएका छन् । तीमध्ये सबैभन्दा धेरै संक्रमित ब्राजिलका छन् ।

अफ्रिकाका ५७ मुलुकमा कोरोना भाइरसको संक्रमण देखिएको छ । अफ्रिकामामा ३ लाख ५० हजार ५ सय २२ जनामा कोरोना संक्रमण देखिएको छ भने ९ हजार १ सय ३ जनाले ज्यान गुमाएका छन् ।

अफ्रिकाली देशमध्ये दक्षिण अफ्रिकामा १ लाख १८ हजार ३ सय ७५ जना कोरोना संक्रमित देखिएका छन् । त्यसपछि इजिप्टमा ६१ हजार १ सय ३० जनामा कोरोनाबाट संक्रमित भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिपोर्ट अनुसार नेपालमा हालसम्म ११ हजार १ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये २६ जनाले ज्यान गुमाइसकेका छन् भने २ हजार ६ सय ५० जना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

स्तनपानका फाइदाहरू शिशुहरूमा मात्र होइन, क्यान्सर उपाचारमा उपयोगी

बीएमआईको सट्टा एक नयाँ विकल्प  शरीर गोलाई सूचकांक (BRI)

ओमान नामिबियासँग १०९ रनमै अलआउट

कोरोनाको नयाँ भेरियन्टबाट कसरी जोगिने ? विज्ञ के भन्छन् ?

वीर अस्पतालमा ७ सय शय्या निःशुल्क गर्ने सरकारको निर्णय

भारतबाट ल्याइरहेको सामान जाँच गर्दा प्रहरीमाथि आक्रमण, ४ जना घाइते, अस्थायी बिट ध्वस्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com