ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृषि बीमा डोल्पामा प्रभावकारी बन्दै


admin

डोल्पा, १७ मंसिर । हिमाली जिल्ला डोल्पामा कृषि जोखिम बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

शिखर इन्स्योरेन्स कम्पनीले डोल्पामा नेपालकै कान्छो शाखा बिस्तार गरेर कृषि बीमा कार्यक्रम लागू गरेपछि कृषक धमाधम कृषि व्यवसायको बीमा गर्न थालेका छन् ।

जिल्लामै पहिलोपटक लागू भएको उक्त कृषि बीमा कार्यक्रमका कारण कृषकले आफूले सञ्चालन गरेको कृषि व्यवसाय ढुक्क भएर सञ्चालन गर्न पाइएको ठुलीभेरी नगरपालिका– ८ डाँगीबाडाका गोकुलबहादुर डाँगीले बताउनुभयो । उहाँले ३५० बोट स्याउको बीमा गर्नुभएको छ ।

त्रिपुरा सुन्दरी नगरपालिका जिउँ गाउँका रञ्जीत बोहोरा कृषि बीमा कार्यक्रमका कारण कृषक लाभान्वित भएको बताउनुहुन्छ । उहाँले ३०० बोट स्याउको बीमा गर्नुभएको छ । अघिल्लो वर्ष हावाहुरी र असिनाले नोक्सान पारेको स्याउको बोटको समेत बीमा रकम पाएको उहाँले बताउनुभयो ।

“प्राकृतिक विपत्तिले क्षति पु¥याएपछि व्यवसाय ठप्प हुने हो कि भन्ने डर हुन्थ्यो, अहिले बीमा कार्यक्रम आएपछि ढुक्क भएर व्यवसाय गर्न पाएका छौँ,”– उहाँले भन्नुभयो ।

कृषि बीमा कार्यक्रम लागू भएको थोरै समय भित्रै ठुलीभेरी नगरपालिका र त्रिपुरा सुन्दरी नगरपालिकाका झण्डै ७५ जना कृषकले बीमा गरिसकेका छन् भने दुई हजार ५६८ स्याउका बिरुवाको बीमा गरिएको शिखर इन्स्योरेन्स डोल्पा शाखाका संयोजक क्षेत्र विक्रम शाहीले बताउनुभयो । निकट भविश्यमा जिल्लाका आठवटै स्थानीय तहमा बीमा कार्यक्रम लागू हुने उहाँले बताउनुभयो ।

कृषि बीमा कार्यक्रमअन्तर्गत कृषकले गरेको बीमाका आधारमा गत वर्ष स्याउमा खडेरी, असिना र हावाहुरीले पु¥याएको क्षतिका आधारमा कृषकलाई रु पाँच लाख छ हजार वितरण गरिएकोसमेत शिखर इन्स्योरेन्स डोल्पा शाखाका बजार प्रबन्धक तीलक शाहीले बताउनुभयो । निकट भविश्यमा पशु बीमा शुरु हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com