ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो : कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुग्यो


एबीसी न्यूज

काठमाडौं, ९ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप ५३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ५३८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ५३८ जनामा संक्रमण देखिएको हो। आज थपिएका ५३८ सहित नेपालमा संक्रमितको संख्या १० हजार ९९ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप ७६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या २ हजार २ सय २४ पुगेको छ। कुल संक्रमितमध्ये २४ जनाको मृत्यु भएको छ। कर्णाली प्रदेश अस्पतालमा रहेको आइसोलेशनमा उपचार गराइरहेका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । दैलेखको दुल्लुु नगरपालिका वडा नं ३ का ४५ वर्षिय पुुरुषको कोरोना संक्रमणका कारण मंगलबार मृत्यु भएको अस्पतालले पुुष्टी गरेको छ ।

अस्पतालका कोरोना फोर्कल पर्सन डा. केएन पौडेलले कोरोना संक्रमणका कारण उनको मृत्यु भएको पुुष्टी गर्नुभयो ।

मृत्तक पुुरुषले क्षयरोगका बिरामी हुनुहुन्थ्यो । उहाँले दुुईअढाई वर्षदेखि क्षयरोगको औषधि सेवन गर्दै आएका थिए । डा। पौडेलले मृत्तक असार ३ गते उपचारका लागि दैलेखबाट आएको जानकारी दिनुुभयो ।

दैलेखबाट आएको भोलिपल्टै उनको कोरोना परीक्षण गरिएको थियो । रिर्पोट पोजेटिभ आएपछि उहाँलाई आइसोलेशनमा राखेर उपचार गरिएको थियो । उहाँलाई कसरी कोरोना संक्रमण भयो भन्ने खुलेको छैन ।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशकाना ७६ जिल्लामा संक्रमण देखिएको छ। अब नेपालमा रसुवा जिल्लामा मात्र कोरोना संक्रमण देखिन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

स्तनपानका फाइदाहरू शिशुहरूमा मात्र होइन, क्यान्सर उपाचारमा उपयोगी

बीएमआईको सट्टा एक नयाँ विकल्प  शरीर गोलाई सूचकांक (BRI)

ओमान नामिबियासँग १०९ रनमै अलआउट

कोरोनाको नयाँ भेरियन्टबाट कसरी जोगिने ? विज्ञ के भन्छन् ?

वीर अस्पतालमा ७ सय शय्या निःशुल्क गर्ने सरकारको निर्णय

भारतबाट ल्याइरहेको सामान जाँच गर्दा प्रहरीमाथि आक्रमण, ४ जना घाइते, अस्थायी बिट ध्वस्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com