काठमाडौं,९ असार । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमणबाट अमेरिकामा ज्यान गुमाउनेको संख्या एक लाख २२ हजार नाघेको छ।
मंगलबार बिहानसम्म अमेरिकामा एक लाख २२ हजार ६१० जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ। कोरोना संक्रमणबाट अमेरिका सबैभन्दा धेरै आक्रान्त छ। त्यहाँ अहिलेसम्म संक्रमितको संख्या २३ लाख ८७ हजार २३९ पुगेको छ। सोमबार त्यहाँ ३० हजार पाँच सय भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ३५५ जनाले ज्यान गुमाएका छन्।
विश्वभर अहिलेसम्म कोरोना संक्रणबाट ज्यान गुमाउनेको संख्या चार लाख ७३ हजार ४५४ पुगेको छ। ९१ लाख ७९ हजार १०८ जना संक्रमित भएका छन्।
सोमाबार विश्वभर एक लाख ३७ हजार २०८ आठ जना नयाँ संक्रमित थपिएका छन् भने तीन हजार ८५८ जनाको ज्यान गएको छ।








प्रतिक्रिया दिनुहोस्