ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टिकट नबिकेपछि अमेरिकाबाट नेपाल जाने २ उडान रद्द


एबीसी न्यूज

काठमाडौं, ८ असार । कोरोनाको महामारीका कारण अमेरिकामा रोकिएका झण्डै १२ सय नेपालीहरुले नेपाल फर्कनका लागि आवेदन दिएपनि अन्तिम समयमा नेपाल फर्कन चाहनेहरुको संख्या निकै कम देखिएको छ । नेपाल फर्कन इच्छा व्यक्त गरेर फर्म भरेकाहरुमध्ये ५० प्रतिशतभन्दा बढी नेपाल फर्कन अनिच्छुक देखिएपछि अमेरिकाबाट नेपालीहरुलाई नेपाल लैजान ४ वटा उडान तय गरेका एयरलाइन्सहरु समस्यामा परेका छन् ।

प्रति उडान ३ सयका दरले अनुमान गरेर अमेरिकाबाट टर्किस एयरलाइन्स र कतार एयरवेजले ४ वटा उडान तय गरेपनि कुल टिकट लिनेको संख्या ५० प्रतिशतभन्दा पनि कम भएपछि जुन २५ मा शिकागोबाट नेपाल जाने तय भएको टर्किस एयरलाइन्सको उडान रद्द गरिएको छ । उक्त उडानमा सिट सख्याको एकतिहाईले पनि टिकट नकाटेको श्रोतले जानकारी दिएको छ ।

त्यस्तै अत्यन्तै कमले टिकट काटेपछि कतार एयरवेजले पनि जुन २३ मा वासिंटन डिसीबाट गर्ने भनेको उडान रद्द गरेको छ । अब आफ्ना उडानहरु मर्ज गरेर टर्किस एयरलाइन्स र कतार एयरवेजले एकएकवटामात्र उडान गर्ने तय गरेका छन् । जस अनुशार टर्किश एयरलाइन्सले जुन २३ मा न्युयोर्कबाट र कतार एयरवेजले टेक्सासबाट जुन २५ मा उडान गर्ने भएका छन् ।

शिकागो र वासिंटन डिसीबाट नेपाल जानेगरी टिकट लिएकाहरुलाई पनि न्युयोर्क र टेक्सासका उडानमार्फत जानका लागि सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्न भनिएको छ । अब जुन २५ मा टर्किस एयरलाइन्समार्फत शिकागोबाट जाने टिकट लिएकाहरुले जुन २३ मा नै न्युयोर्कबाट नेपाल जाने तयारी गर्नुपर्नेछ । त्यस्तै जुन २३ मा वासिंटन डिसीबाट कतार एयरलाइन्समार्फत नेपाल जाने टिकट लिएकाहरुले अब जुन २५ मा टेक्सासबाट जाने तयारी गर्नुपर्नेछ ।

सामान्य अवस्थामा ८ सयदेखि एकहजार डलर अमेरिका काठमाडौंको दुईतर्फी भाडा भएपनि एयरलाइन्सहरुले झण्डै १६ सय डलर भाडा तय गरेका छन् । कतिपयले नेपाल जाने भाडा दोब्बरभन्दा पनि बढी भएको भन्दै तत्काल नेपाल फर्कन अनिच्छा व्यक्त गरेका छन् ।

त्यस्तै नेपालमा पछिल्लो समयमा कोरोना संक्रमितको संख्या बढ्दै गएका कारण पनि कतिपयले तत्काल नेपाल फर्कन अनिच्छा व्यक्त गरेका छन् । नेपाल फर्केपछि क्वारेन्टीनमा कहाँ बस्ने भन्नेबारे समेत अन्यौल उत्पन्न भएका कारण धेरैले तत्काल नेपाल फर्कने योजना परिवर्तन गरेका छन् ।

अमेरिकामा रोकिएका नेपालीहरुलाई नेपाल फकाउने पहलका लागि ढिलो भएकाले कतिपयले अमेरिकी सरकारलाई शुल्क तिरेर भिसा थपका लागि आवेदन दिइसकेका छन् । त्यसैले भिसा थपका लागि शुल्क तिरेर आवेदन दिइसकेको अवस्थामा नेपाल फर्कन हतार नभएकाहरुले आफ्नो योजना परिवर्तन गरेको बताएका छन् ।

कतिपयले कोरोना टेस्टको प्रमाणपत्र ल्याउन झन्झटिलो भएका कारण नेपाल जाने योजना बदलेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

अमेरिकामा कार दुर्घटना : दुई नेपालीको मृत्यु

प्रवासीलाई अपतटीय बनाउने घिनलाग्दो इतिहास

अमेरिकाबाट डिपोर्ट भएर ३७ नेपालीलाई चार्टड मार्फत काठमाडौं झारियो

सि जिनपिङ र डोनाल्ड ट्रम्पको फोन वार्ता, तनाव झन गहिरिंदै

हामी किन अप्रिय कुराहरू गर्छौं

ट्रम्प म्याकिन्लेसँग किन यति धेरै मोहित छन्?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com