ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाँकेमा शुक्रवार थप एउटै वडाका ४१ जना कोरोना संक्रमितहरु निको भएर घर फर्किदै


एबीसी न्यूज
असार ५, २०७७ शुक्रबार  ११ : ५७ बजे

बाँके, ५ असार ।  बाँकेमा शुक्रवार थप एउटै वडाका ४१ जना कोरोना संक्रमितहरु निको भएर घर फर्किदैछन् । उनिहरु सबै जानकी गाउँपालिकाको वडा नम्बर १ का वासिन्दा हुन् ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, बाँकेको जानकी गाउँपालिकाको जोगागाउँ मावि आइसोलेसनका रहेका जानकी १ का ४१ जना संक्रमितहरु सरकारको मापदण्ड बमोजिम जाँच प्रक्रिया पूरा गरी निको भएपछि डिस्चार्ज गरिएको हो ।
संक्रमण पुष्टि भएको १६ दिनपछि सरकारको नयाँ मापदण्ड अनुसार निको भएकोले उनीहरुलाई डिस्चार्ज गरिएको फोकल पर्सन श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार हालसम्म जिल्लामा संक्रमण पुष्टि भएका ३२७ मध्ये २ जनाको मृत्यु भैसकेको छ भने २५० जना निको भएर घर फर्किसकेका छन् ।

अब मात्र ७५ जना बाँकेका विभिन्न आइसोलेसन अस्पताल र सेन्टरहरुका रहेको पनि श्रेष्ठले बताउनु भयो । बाँकेका संक्रमितहरु निको भएर फर्किने क्रम बढ्दै गएकोले जिल्लाका आइसोलेसन सेन्टरहरु पनि रित्तीन थालेका छन् । क्वारेन्टाइनहरुमा पनि अब २ हजार जना मात्र रहेका छन् ।

यसैविच भारतबाट आउनेहरुको संख्या पनि निकै घटेको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वा।गले बताउनुभयो । उहाँले विहीबार ३९८ जना मात्र भारतबाट नेपालगञ्ज नाका भएर फर्किएको बताउनुभयो ।  उहाँका अनुसार एक साता अघिसम्म नेपालगञ्ज नाकाबाट फर्किनेहरुको संख्या १५ सय देखि दुई हजार सम्म रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानान्तर गतिविधि चलाउने समूहलाई कांग्रेसले गरायो सचेत

बादल निर्विरोध एमाले दलको नेता, सुहाङले लगाइदिए खादा

सम्बन्धित

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

तौल घटाउने औषधिको अर्को सीमारेखाः एकपटकको जीन थेरापी

स्तनपानका फाइदाहरू शिशुहरूमा मात्र होइन, क्यान्सर उपाचारमा उपयोगी

बीएमआईको सट्टा एक नयाँ विकल्प  शरीर गोलाई सूचकांक (BRI)

ओमान नामिबियासँग १०९ रनमै अलआउट

कोरोनाको नयाँ भेरियन्टबाट कसरी जोगिने ? विज्ञ के भन्छन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com