ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अभूतपूर्व राष्ट्रिय एकतासहित आज संशोधन प्रक्रियाको पूर्णता : राष्ट्रपतिद्वारा संविधान संशोधन विधेयक प्रमाणीकरण


एबीसी न्यूज
असार ४, २०७७ बिहीबार  ७ : ३१ बजे

काठमाडौं, ४ असार  । राष्ट्रपति बिद्यादेवी भण्डारीले कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको भूभाग नेपालको निशान छापमा समावेश गर्ने पारित भएको संविधान संशोधन विधेयक प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रियसभाबाट पारित भइ सभामुख अग्नि सापकोटाले प्रमाणित गरेर राष्ट्रपति कार्यालय शीतलनिवास पठाएको केही समयमै राष्ट्रपति भण्डारीले बिद्येयक प्रमाणिकरण गर्नुभएको हो ।

संसदमा संशोधन विधेयक दर्ता भएको २८औं दिनमा अभूतपूर्व राष्ट्रिय एकतासहित आज संशोधन प्रक्रियाले पूर्णता पाएको हो । विधेयक आज नै राष्ट्रियसभाले सर्वसहमति पारित गरेर फिर्ता पठाएपछि सभामुख सापकोटाले तत्कालै प्रमाणित गरी राष्ट्रपति कार्यालय पठाउनु भएको थियो ।
राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेसँगै लामो समयदेखि नेपालको नक्साबाट हराएको लिम्पियाधुरा, कुटी, गुञ्जी, नावीसहितको भूमाग संविधानमै समेटिन पुगेको छ । २०३२ सालसम्म नेपालको औपचारिक नक्सामा रहेको लिम्पियाधुरासम्मको भूभाग नेपाल आफैँले नक्सा जारी गर्दा भने छुटाएको थियो ।

नक्सालाई संविधानको अनुसूची–३ मा रहेको नेपालको राष्ट्रिय चिन्हमा समावेश गर्न सरकारले जेठ ९ गते प्रतिनिधिसभा सचिवालयमा संविधान विधेयक पेश गरेको थियो।

त्यसअघि जेठ ७ गते सरकारले भारतले अतिक्रमणमा गरेको भूभाग समेटेर राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो । विधेयक सर्वसाधरणको जानकारीका लागि जेठ २० गते सार्वजनिक गरेको थियो। जेठ २७ गते प्रतिनिधिसभामा छलफल भइ संशोधनका लागि ७२ घण्टा समय दिइ ३१ गते अर्थात् आइतबार पारित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानान्तर गतिविधि चलाउने समूहलाई कांग्रेसले गरायो सचेत

बादल निर्विरोध एमाले दलको नेता, सुहाङले लगाइदिए खादा

सम्बन्धित

रामबहादुर थापालाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयप्रति १४ संगठनको सामूहिक विरोध

गालीगलौज तथा बलात्कारको धम्की दिनेविरुद्ध अमिशा पराजुलीले दिइन् साइबर ब्युरोमा उजुरी

यस्तो छ एमालेको नजरमा चुनावी हारका २० कारण (पूर्णपाठ)

प्रहरी परिसरमा लेखकको बयान सुरू

एसईई भोलिदेखि, एक महिनाभित्रै रिजल्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com