ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकपमा दुई छिमेकी देश एउटै समूहमा


sharan sharan

मंसिर १६ – दुई छिमेकी देश स्पेन र पोर्चुगल आउँदो वर्ष रुसमा हुने फिफा विश्वकप फुटबलको समूह चरणमै आमनेसामने हुने भएका    छन् । मस्कोमा शुक्रबार भएको ड्र अनुसार स्पेन र पोर्चुगल दुवै एकै समूहमा परेका छन् । समूह ‘बी’ मा स्पेन र पोर्चुगलसहित मोरक्को र इरान पनि छन् । तर ध्यान भने स्पेन र पोर्चुगलले तानेका छन् ।

युरोपियन तथा विश्व फुटबलका दुई बलिया देश समूह चरणमै एउटै समूहमा परेपछि आउँदो वर्षको विश्वकप फुटबल रोमाञ्चक हुने निश्चित भएको छ । साबिक विजेता जर्मनी समूह ‘एफ’ मा परेको छ, साथमा छन् मेक्सिको, स्वीडेन र दक्षिण कोरिया । विश्वकपको उद्घाटन खेल आउँदो जुन १४ बिहीबारका दिन समूह ‘ए’ मा रहेको आयोजक रुस र साउदी अरेबियाबिच हुनेछ ।

समूह ‘बी’ मा परेको स्पेन सन् २०१० को विश्वकप विजेता हो भने यहि समूहमा रहेको पोर्चुगल गएको वर्ष भएको युरोकप फुटबलको विजेता हो । पोर्चुगलका कप्तान हुन् क्रिष्टियानो रोनाल्डो, जसले रियल मड्रिडमा धेरै स्पेनिस खेलाडीसँग खेलिरहेका छन् ।
विश्वकप फुटबलको ड्र सार्वजनिक, कुन समूहमा को परे रु

विश्वकपमा हुने पोर्चुगल र स्पेनको भेट निकै ठूलो प्रतिस्पर्धा र डर्बी जस्तै रहेको विश्लेषण गरिएको छ । पोर्चुगल तथा वेष्ट ह्यामका डिफेन्डर जोसे फान्टेले भने ‘यो निकै ठूलो प्रतिस्पर्धा हो र यो डर्बी जस्तै हुनेछ । खेल निकै रोमाञ्चक हुनेछ र सबैले रुचाउने छन् ।’

पोर्चुगल अहिले युरोपियन च्याम्पियन रहे पनि विश्वकपमा उसले त्यस्तो उत्कृष्ट प्रदर्शन गर्न सकेको छैन । उसको विश्वकपमा सबैभन्दा राम्रो प्रदर्शन पछिल्लो पटक सन् १९६६ मा भएको हो । त्यसबेला पोर्चुगल तेस्रो स्थानमा रहेर प्रतियोगिता टुंग्याएको थियो । यस्तै सन् २००६ मा सेमिफाइनलसम्म पुगेको थियो । तर पछिल्लो पटक सन् २०१४ को ब्राजिल विश्वकपमा पोर्चुगल समूह चरणबाटै बाहिरिएको थियो ।

विश्वकप छनौटको क्रममा १५ गोल गरेका रोनाल्डो पोर्चुगलका मूख्य खेलाडी हुन् । उनको काँधमा अबको विश्वकप आएको छ । तर स्पेन पनि त्यहि समूहमा हुनाले पोर्चुगलको यात्रा निकै कठिन देखिन्छ । तर विश्व बरियतामा हेर्ने हो भने पोर्चुगल स्पेन भन्दा अघि छ अहिले । पोर्चुगल विश्व बरितामा तेस्रो स्थानमा छ भने स्पेन छैटौं स्थानमा छ ।

तर स्पेन सन् २००८ देखि २०१३ सम्म शीर्ष स्थानमा रहेको टिम हो र उ सन् २०१० को विश्वविजेता पनि हो । यस्तै उस सन् २००८ र २०१२ को युरोपियन च्याम्पियन पनि हो । सुन्दर खेलका लागि परिचित स्पेन विश्वकपको दाबेदार मध्ये एक हो ।

स्पेनको टिममा युवा खेलाडीले राम्रो गर्ने देखिएको छ । यसको उदहारण हुन् रोनाल्डोसँगै रियल मड्रिडबाट खेल्ने इस्को । उनले विश्वकप छनौटमा ६ गोल गरेका छन् । अहिलेसम्म राष्ट्रिय टिमबाट २३ खेलमा उनले ७ गोल गरिसकेका छन् ।

अरु खेलाडीको कुरा गर्दा स्पेनको टिममा रहने सबै खेलाडी स्टार छन् र क्लब फुटबलमा राम्रो टिमका हिस्सा हुन् । यस्तो टिमसँगको समूहबाट अघिल्लो चरण पुग्नु पोर्चुगलका लागि सजिलो हुने छैन । यस्तै स्पेनका लागि पनि युरोपियन च्याम्पियन पोर्चुगलसँगको प्रतिस्पर्धा उत्तिकै कठिन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com