भक्तपुर,१४ मंसिर । कार दुर्घटना हुदाँ भक्तपुरमा एकजनाको ज्यान गएको छ । सूर्यविनायक नगरपालिका–८ नैचालबाट आशापुरी हुँदै डोलेश्वरका लागि छुटेको बा ८ च २४३१ नम्बरको मारुती कार बिहीबार बिहान सडकबाट तल खोल्छामा खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा कारका चालक सूर्यविनायक–९ नलिन्चोक घरभई अहिले काभ्रे जनगाल बस्ने ४० वर्षका जितेन्द्र खत्रीको घट्नास्थलमै ज्यान गएको प्रहरी बृत्त जगातीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्