ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

६ जना भारतीयको पछिल्लो रिपोर्ट नेगेटिभ, बुधबार डिस्चार्ज हुने


एबीसी न्यूज
बैशाख २३, २०७७ मंगलबार  ९ : ५८ बजे

मोरङ, २३ बैशाख । वैशाख ५ गते संक्रमण पुष्टि भएका ६ जना भारतीयको स्वाब नमुनाको पछिल्लो परीक्षणको रिपोर्ट ‘नेगेटिभ’आएको छ । उनीहरुमा संक्रमण नदेखिएपछि कोसी अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको छ । विराटनगरस्थित कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रको आइसोलेसनमा १९ दिनदेखि बस्दै आएका उदयपुरको भुल्केस्थित नुरी मस्जिदमा भेटिएका ती ६ जना भारतीयलाई बुधबार डिस्चार्ज गरी क्वारेन्टाइनमा राखिने भएको छ ।

संक्रमण पुष्टि भएका अरु ७ जनाको परीक्षण रिपोर्ट भने ‘पोजिटिभ’देखिएको छ । यसअघि संक्रमण पुष्टि भएकाहरुको विराटनगरस्थित कोसी अस्पतालको पीसीआर ल्याबमा शुक्रबारदेखि लगातार स्वाब नमुना परीक्षण गरिँदै आएको थियो । शुक्रबारयताको तेस्रोपटकको परीक्षणमा मंगलबार उनीहरुमा संक्रमण नदेखिएपछि डिस्चार्ज गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले सबभन्दा पहिले संक्रमण पुष्टि भएका १३ जनाको लगातार तीनपटक थ्रोट स्वाब परीक्षण गर्दा ६ जनामा संक्रमण नदेखिएको पुष्टि भएको बताउनुभयो । अन्य ७ जनामा भने तीनै पटकको परीक्षणमा संक्रमण देखिएको चिकित्सकको रिपोर्ट आएको उहाले बताउनुभयो । उनीहरुलाई भने आइसोलेसनमा राखेर हेरचाह गरिने छ ।

कोभिड–१९ उपचार केन्द्रमा रहेका भुल्केका अन्य १५ जनाको पनि सोमबार परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । उनीहरुको प्रयोगशाला रिपोर्ट आउन बाँकी छ । संक्रमितहरुको सम्पर्कमा आएका भुल्के बस्तीका थप १६ जनामा पनि संक्रमण पुष्टि भएको थियो । ती सबैलाई केन्द्रमा राखेर हेरचाह गरिँदै आएको छ । प्रदेश १ मा भोजपुरको हतुवागढीका १ र झापाको बाह्रदशी र दमकका गरी २ जनामा संक्रमण पुष्टि भएपछि उक्त केन्द्रमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मतगणना जारी रहँदा रास्वपाको प्रारम्भिक अग्रता ३५, कांग्रेस: ४, एमाले: ३ नेकपा: १ स्थानमा

प्रारम्भिक मत गणनामा रास्वपाको मजबुत अग्रता – काठमाडौंका अधिकांश क्षेत्रमा नेतृत्व

सम्बन्धित

प्रतिवेदन सार्वजनिक गर्छु, छिटै सत्ता छोड्छु– प्रधानमन्त्री कार्की

देशभर करिब ६० प्रतिशत मत खस्यो– निर्वाचन आयोग

चुनावको बेला पूर्वप्रधानमन्त्री देउवा देश बाहिर: क–कसले गरे मतदान?

दोलखामा मतदान कर्मचारीमाथि हातपात प्रयास: प्रहरीद्वारा हवाई फायर, स्थिति तनावपूर्ण

टिकटकर तथा युट्युबर रतन कार्की प्रहरी नियन्त्रणमा

सर्लाही–३ का रास्वपा उम्मेदवार कलवार पनि कालोसूचीमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com