ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिहानदेखि साँझसम्म खेत जोत्ने र परिवारका सदस्यलाई सघाइरहेको छु – कोरोना संक्रमित


एबीसी न्यूज

धनगढी, २२ वैशाख । कोरोना भाइरस सङ्क्रमणबाट निको भएका राज विकको अहिले दिनचर्या फेरिएको छ ।

कोरोना ‘पोजेटिभ’ भएर अस्पताल भर्ना हुनुभएका विक निको भएर डिस्चार्ज भई ‘होम क्वारेन्टाइन’को बसाइँसमेत पूरा गरेपछि अहिले उहाँकोे दिनचर्या फेरिएको छ । सोह्र दिनको अस्पतालको आइसोलेशन र थप सात दिन होम क्वारेन्टाइनको बसाइँले केही पट्यार लागे पनि अहिले घरपरिवारका सदस्यलाई काममा सघाउन पाउँदा दैनिकी पनि फेरिएको उहाँले बताउनुभयो । चैत २२ गते सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेशनमा भर्ना भई १६ दिनपछि कोरोना पोजेटिभ निको भएर डिस्चार्ज हुनुभएका विकले भन्नुभयो, “ अहिले आफू स्वस्थ्य भएको छु, बिहानदेखि साँझसम्म खेत जोत्ने र गोरु चराउन जाने काममा परिवारका सदस्यलाई सघाइरहेको छु ।”

मुम्बईको एक होटेलमा काम गर्दै आउनुभएका विक कोरोनाको सन्त्रासका कारण त्यहाँको होटेल बन्द गरिएपछि गौरीफण्टा सीमा नाका हुँदै आफ्नो घर कैलाली फर्किनुभएको थियो । उहाँले कोरोनाको महामारी सकिएपछि पुनः मुम्बई पुगेर पुरानै काममा फर्किने सोच बनाउनुभएको छ । ‘‘यहाँ केही अवसर छ्रैन, कोरोना शान्त भएपछि जीविका चलाउनका लागि पनि पुनः उतै जाने सोच राखेको छु”, उहाँले भन्नुभयो ।

कोरोना पोजेटिभ भएर निको भई अस्पतालबाट डिस्चार्ज हुनुभएका अमृत शाहीको दैनिकी भने शारीरिक अभ्यास गर्ने र मोबाइलमा गेम खेल्नमै बित्ने गरेको छ । “दिनभरि घरमै बसेर शारीरिक अभ्यास र मोबाइलमा गेम खेलेर समय बिताउने गरेको छु, उहाँले भन्नुभयो, घर बाहिर छरछिमेकमा जान नपाउँदा भने केही असजिलो अनुभव भइरहेको छ ।” दुबईबाट दिल्ली, काठमाडौँ र नेपालगञ्ज हुँदै कैलाली पुग्नुभएका उहाँमा चैत ११ गते कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको थियो । उहाँ २९ दिन आइसोलेशनमा बसेर कोरोना पोजेटिभ निको भई डिस्चार्ज हुनुभएको थियो ।

होम क्वारेन्टाइनको बसाइँ पूरा गरे पनि अझै उहाँहरुले आफ्नो टोल र छरछिमेकमा आउजाउ गरिरहनुभएको छैन । परिवारका सदस्यले अझैँ छरछिमेक र टोलमा नजान सल्लाह दिइरहेकाले आफू छरछिमेकमा नगई परिवारको काममा सघाइरहेको राज विकले बताउनुभयो ।

प्रदेशमा कोरोना सङ्क्रमित भेटिएको पुष्टि भएका पाँचजनामध्ये चारजना पोजेटिभ निको भई यसअघि नै डिस्चार्ज भइसक्नुभएको छ । सङ्क्रमित एक महिला सेती प्रादेशिक अस्पतालमा उपचाररत हुनुहुन्छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले क्वारेन्टाइनमा बसिरहेकाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभयो ।

मन्त्री सुवेदीले क्वारेन्टाइनमा औषधि छर्किने गरिएको र कतिपय क्वारेन्टाइनमा झुलको समेत व्यवस्था गरिएकाले लामखुट्टेको टोकाइबाट आउन सक्ने अन्य रोगको जोखिम अहिले नदेखिएको बताउनुभयो । “आइतबारसम्म प्रदेशभरि तीन हजार ५७२ जना क्वारेन्टाइनमा बसिरहेका छन्”, उहाँले भन्नुभयो, “रोगको प्रभावकारी रोकथामका लागि जनचेतनामै बढी जोड दिइरहेकाछौँ ।”

क्वारेन्टाइनको बसाइँ पूरा गरेकालाई घर पठाइँदै

कोरोना भाइरसको समस्या उत्पन्न भएसँगै प्रदेशका सबै जिल्लामा व्यवस्था गरिएका क्वारेन्टाइनमा बसेका शङ्कास्पद व्यक्तिलाई पछिल्ला दिनमा होम क्वारेन्टाइनमा बस्नुपर्ने गरी धमाधम घर पठाउन थालिएको छ । शङ्कास्पद व्यक्तिको नमूनाको जाँचको नतिजा नेगेटिभ आएसँगै १४ दिन क्वारेन्टाइनमा बसेकाहरुलाई घर फिर्ता पठाउने गरिएको हो ।

सङ्कलित नमूनाको नजिता ढिलो आउँदा भने कतिपयले १४ दिनभन्दा बढी समय पनि क्वारेन्टाइनमा बस्नुपरेको जनाइएको छ । क्वारेन्टाइनको अवधि पूरा गरिसकेका व्यक्तिको हकमा उनीहरुको स्वाब परीक्षणको नतिजा नेगेटिभ आएमा सात दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने सुनिश्चितता गरी घर पठाउने गरिएको हो ।

सङ्क्रमित क्षेत्रबाट आई प्रदेशका विभिन्न क्वारेन्टाइनको अवधि पूरा गरेका व्यक्तिको स्वाब परीक्षणको नतिजा नेगेटिभ आएमा वा आरडिटी ९¥यापिड डाइग्नोसिस टेष्ट० परीक्षण नतिजा नेगेटिभ आएमा त्यस्ता व्यक्तिलाई थप सात दिन निजकै घरमा क्वारेन्टाइन बस्ने सुनिश्चितता गरी घर पठाउने गरिएको छ ।

आरडिटी परीक्षणमा नतिजा पोजेटिभ आएका व्यक्तिलाई भने थप सात दिन क्वारेन्टाइनमा नै राखी सम्बन्धित व्यक्तिको नमूनाको थप जाँच गर्ने गरिएको छ । क्वारेन्टाइनमा बस्दै आएकाहरुलाई स्थानीय तहहरुले खानाको व्यवस्थापन गर्दै आएको छ । डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गाप्रसाद ओझाले क्वारेन्टाइनमा बसेकाहरुलाई गाउँपालिका आफँैले खानाको व्यवस्थापन गरेको बताउनुभयो ।

गाउँपालिका राष्ट्रिय महासङ्घका सुदूरपश्चिम प्रदेश अध्यक्षसमेत रहनुभएका ओझाले भन्नुभयो, “सात दिन होम क्वारेन्टाइनमा बस्नका लागि स्वघोषणापत्रमा हस्ताक्षर गराई क्वारेन्टाइनमा बसेकामध्ये ४० जनालाई आइतबार घर फिर्ता गरिएको छ, उहाँहरु होम क्वारेन्टाइनमा बसे नबसेको बारे नियमित निगरानीको व्यवस्थासमेत गरिएको छ ।”

नमूना परीक्षण

आइतबारसम्म सुदूरपश्चिम प्रदेशमा पिसिआर र आरडिटी पद्धतिबाट गरी जम्मा १७ हजार १८ जना शङ्कास्पद व्यक्तिको नमूना परीक्षण गरिएको छ । पिसिआर पद्धतिबाट सङ्कलन भएको शङ्कास्पद दुई हजार ८९५ को थ्रोट स्वाबको नमूनामध्ये दुई हजार ८८२ को परीक्षण हुँदा दुई हजार ८७७ को नतिजा नेगेटिभ आएको छ । जसमा पाँचजनामा यसअघि नै कोरोना पोजेटिभ भएको पुष्टि भएको थियो । १३ नमूनाको नतिजा आउन बाँकी छ ।

आरडिटी पद्धतिबाट आइतबारसम्म १४ हजार १३६ को नमूना परीक्षण भएकामा सबैको नतिजा नेगेटिभ आएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले जानकारी दिनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपाली कांग्रेसमा गगन सभापति, विश्व र पुष्पा भुसाल उपसभापति(पूर्ण सूची)

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

सम्बन्धित

हाम्रा चाडपर्वले सामाजिक सद्भाव सुदृढ बनाउँछन्ः सभामुख

काठमाडौंको तापक्रम केही बढ्यो, तराईमा हुस्सु र कुहिरोको प्रभाव विस्तारै कम हुँदै

नेपाली कांग्रेसमा गगन सभापति, विश्व र पुष्पा भुसाल उपसभापति(पूर्ण सूची)

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

रवि लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता (के के सजिलो भयो ?)

कांग्रेस सभापति देउवा र खड्काको निवासमा बढाइयो सुरक्षा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com