ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा ‘लकडाउन’मै पनि कृषि गतिविधिलाई अनुमति दिइने


एबीसी न्यूज

काठमाडौं, ३ वैशाख । भारतमा वैशाख २१ गतेसम्म ‘लकडाउन’ जारी राखिने प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको भोलिपल्ट त्यहाँको गृह मन्त्रालयले लकडाउनसम्बन्धी निर्देशिका जारी गर्दै वैशाख ८ पछि कृषि गतिविधिलाई अनुमति दिइने बताएको छ ।

निर्देशिका बमोजिम वैशाख ८ पछि कृषिसँग सम्बन्धित गतिविधि खुकुलो पारिनेछ भने ब्याङ्क तथा सार्वजनिक सेवा पनि सहज पारिने बताइएको छ । कृषि अन्तर्गत दुध, चिया, कफी र रबर खेतीलाई पनि सहज तुल्याइने तथा कृषिसम्बन्धी सामग्री बेच्ने उपकरण तथा मल बेच्ने पसललाई पनि छुट दिइने कुरा निर्देशिकामा उल्लेख छ । नयाँ नियमहरूले आपूर्तिका सञ्जाललाई सहजीकरण गरेर अर्थतन्त्रमा परिरहेको प्रभावलाई कम गर्ने विश्वास व्यक्त गरिएको छ ।

यसैगरी दैनिक ज्यालादारी मजदुरको आम्दानीका स्रोत रहेका सार्वजनिक निर्माण कार्य पनि कडा सामाजिक दूरीका उपाय अपनाएर बैशाख ८ गतेदेखि नै खोलिने बताइएको छ । यस्तै मालबाहक ट्रक, रेल तथा कार्गो विमान सेवालाई पनि अनुमति दिइने जनाइएको छ । केही सातायता राज्यहरूबीच धेरै संख्यामा मालबाहक सवारीसाधन रोकिएपछि भारतको आपूर्ति प्रणालीमै समस्या आएको थियो ।

निर्देशिकाले ब्याङ्कका साथै सामाजिक सुरक्षा तथा पेन्सन बाँड्ने सरकारी केन्द्रहरू पनि खुल्ने व्यवस्था गरेको छ । लकडाउनको बेला अस्पताल र स्वास्थ्य सेवा तथा आपत्कालीन कर्मचारीको आवतजावतका निम्ति बाहेक सार्वजनिक यातायात, उडान तथा रेलसेवा, स्कुल तथा विश्वविद्यालय, धार्मिक मठमन्दिर र सबैखाले खेल गतिविधि बन्द रहनेछन् । भारतमा चैत १२ देखि भारतमा ’लकडाउन’ जारी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com