ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाग्मती प्रदेशमा र्‍यापिड टेष्टमा छ जना , प्रदेश २ मा दुई जना: ८ जनामा कोरोना भाइरस पोजेटिभ


एबीसी न्यूज
बैशाख २, २०७७ मंगलबार  १० : ०३ बजे

हेटौँडा, २  वैशाख । भारत तथा तेस्रो मुलकबाट आएका व्यक्तिहरुको ( र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी)  परीक्षण गर्दा बाग्मती प्रदेशका विभिन्न जिल्लामा गरी छ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

कोरोना भाइरसका शङ्कास्पद विरीमीहरुको आरडीटी परीक्षण गर्दा धादिङ, काठमाडौँ र काभ्रेपलाञ्चोक जिल्लामा गरी छ जनामा पोजेटिभ पाइएको हो ।

हालसम्म बाग्मती प्रदेशका विभिन्न जिल्लामा गरी आरडीटी परीक्षण ९०७ जना गरिएकोमा बाग्मती प्रदेश अस्पताल विकास तथा चिकित्सा सेवा निर्देशनालयका निर्देशक डा। पुरुषोत्तमराज सेढाईले काठमाडौँमा तीन जना, काभ्रेमा दुई जना र धादिङका एक जना कोरोना भाइरसका शङ्कास्पद विरीमीहरुको आरडीटी परीक्षण गर्दा पोजेटिभ पाइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार काठमाडौँका तीन जनामध्ये दुई जनाको स्वाब परीक्षण ९पीसीआर टेष्ट० गर्दासमेत पोजेटिभ रिपोर्ट आएको छ ।
काठमाडौँका एकसहित काभ्रे र धादिङका गरी चार जनाको पीसीआर टेष्ट गर्न बाँकी रहेको सामाजिक विकास मन्त्रालयका प्रबक्तासमेत रहनु भएको सेढाईले भन्नुभयो ।

मङ्लबार (यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी)  परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएकामा धादिङको ज्वालामुखी गाउँपालिकाका २७ वर्षीय पुरुष हुनुहुन्छ । उहाँ दक्षिण कोरियाबाट गत फागुन २० गते फर्किनु भएको जनाइएको छ ।

यस्तै आरडीटी परीक्षण गर्दा काभ्रेपलान्चोकस मण्डन देउपुर गाउँपालिकाका २३ वर्षीय पुरुष र अर्का बेथानचोक गाउँपालिका २८ वर्षीय पुरुषको रिरपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

मण्डन देउपुर गाउँपालिकाका पोजेटिभ देखिएका दुबई र बेथानचोकका भारतबाट फर्किनु भएको हो । आरुडीटी रिपोर्ट पोजेटिभ आएका काभ्रे र धादिङका तीनै जनालाई आइसोलेसनमा राख्ने व्यवस्था गरिएको छ । उहाँहरुको पीसीआर परीक्षण गर्न बाँकी रहेको छ । यसैबीच मङ्गलबार पर्सा जिल्लाका ३८ र मकवानपुरको एक गरी ३९ जनाको स्वाब परीक्षणका लागि कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रस्थित कोरोना प्रयोगशालामा ल्याइएकोमा २१ जनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ प्राप्त भएको छ ।

बाँकी स्वाब परीक्षणको क्रममा रहेको छ । कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रस्थित कोरोना प्रयोगशालामा हालसम्म १५४ जना कोरोना भाइरसका शङ्कास्पद विरामीको स्वाब परीक्षण गरिएकोमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासमेत परीक्षण गर्दा तीन जनाको रिपोर्ट पोजेटिभ र   बाँकीको नेगेटिभ रिपोर्ट प्राप्त भएको छ ।

यसैवीच दिल्लीको निजामुद्दीन स्थित तबलिकी जमातमा सहभागी भएर फर्केका सप्तरीका आठ जनामध्ये दुई जनामा कोरोना पोजिटिभ पुष्टि भएको छ। गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा गरिएको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) परीक्षणबाट दुई जना कोरोना पोजिटिभ पुष्टि भएको हो। हामीले सात जनाको आरडीटी टेष्ट गर्दा पाँच जनाको रिपोर्ट नेगेटिभ र दुई जनाको पोजिटिभ आएको गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालका प्रमुख डाक्टर चुमनलाल दासले जानकारी दिनुभयो । सातै जनाको थ्रोट स्वाब लिएर पिसिआर टेष्टका लागि धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको उहाले बताउनुभयो । कोरोना पोजिटिभ दुबै जनालाई अस्पतालको आइसोलेसनमा राखेर उपचार सुरु गरिएको छ।गत मार्च ८ र ९ तारिखमा उनीहरु नयाँ दिल्लीको निजामुदिन मस्जितमा आयोजित मर्कज९धार्मिक भेला०मा सहभागी भएर जमाती९धर्म प्रचारक०को रुपमा सप्तरी फर्केका थिए। उनीहरु फर्केदेखि घरमै बसिरहेका थिए। घरमा बसिरहेका उनीहरु मर्कजबाट फर्केको सूचना पाएपछि स्थानीय प्रशासनले उनीहरुलाई कोरोना परीक्षणका आग्रह गरेका थिए। सातजनाको परीक्षण पनि दुइ जनामा पोजिटिभ देखिएपछि उनीहरुको कन्टयाक्ट ट्रेसिङदेखि ट्राभल ट्रेसिङ सुरु गरिएको ठाकुरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

स्मार्ट सरकार बन्ला ? अध्यक्ष , लामा भिडियो

रास्वपाले तोक्यो लेबी : मन्त्रीलाई १८ हजार, सांसदलाई साढे १६ हजार

सम्बन्धित

दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अदालतको अनुमति चाहिने

प्रचण्डको फेरियो बोली : “संसद् विघटन र निर्वाचन हाम्रो एजेन्डा थिएन”

कांग्रेस विवाद मुद्दाः बिहीबार सुनुवाइ सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा

लेखा समिति सभापतिमा कांग्रेस सांसद खड्काको मनोनयन

सम्पत्ति छानबिनको दायरामा ज्ञानेन्द्र शाहदेखि वालेन्द्र शाहसम्म

कांग्रेस आधिकारिकता विवाद न्यायाधीशद्वय सुवेदी र निरौलाको इजलासमा पेसी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com