भोजपुर, ११ मंसिर । आइतबार मतदान सम्पन्न भएपछि मतपेटिका सदरमुकाम ल्याउँदै गर्दा भोजपुरमा मतपेटिका लक्षित गरी बम विष्फोट गराइएको छ । उत्तरी भोजपुरको साल्पासिलिछो गाउँपालिका अन्तर्गतका वडाहरुको मतपेटिका सदरमुकामतर्फ ल्याउने क्रममा षडानन्द नगरपालिकाको न्याउले जंगलमा सुतली बम विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
विस्फोटबाट केहि क्षती नभएको र थप उच्च सुरक्षा शतर्कताका साथ थप अनुसन्धान गर्दै सुरक्षित साथ मतपेटिका ल्याउने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी दिपेन्द्र पञ्जियार थारुले बताए । हालसम्म १ सय बढी मतदान केन्द्रका मतपेटिका सदरमुकाम ल्याइसकिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्