ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

४८ घण्टाभित्र कोरोना भाइरसको सेललाई पूर्णरुपमा मार्न सक्ने औषधि पत्तालगाएको अष्ट्रेलियाका वैज्ञानिकको दाबी


एबीसी न्यूज

काठमाडौं, २३ चैत । कोरोनाभाइरसको अनुसन्धानमा विश्वभरिका हजारौं अनुसन्धानकत्र्ता एवम् वैज्ञानिक युद्धस्तरमा अनुसन्धान गरिरहेका छन् । कहिले बेलायत त कहिले अमेरिकी वैज्ञानिकले खोप विकास गरी विभिन्न जनावरमा परीक्षण समेत गरेको बताएका छन् ।

तर अष्ट्रेलियाको मोनाश विश्वविद्यालयका वैज्ञानिकले हालै एक नयाँ अनुसन्धानलाई परिणाममुखी बनाएको दाबी गरेका छन् । अष्ट्रेलियाली वैज्ञानिकहरुले एउटा सामान्य परजीवी औषधीले ४८ घण्टाभित्र कोरोना भाइरसको सेललाई पूर्णरुपमा मार्न सक्ने पत्ता लगाएको दाबी गरेका छन् । औषधीको एक पटक सेवन गरे मात्रै कोषभित्र रमाउने सार्स–कोभ–२ भाइरसलाई मार्न सक्ने जनाएका छन् । इभर्मेक्टिन एफडीए अनुमोदिन परजीवी विरुद्धको औषधी हो । जसको एकपटक मात्रैको सेवनले बढीमा ४८ घण्टा र कम्तिमा २४ घण्टाभित्र भाइरल आरएनएलाई नष्ट गर्नेछ । उक्त औषधी जुम्रा र लुत्तो रोकथाममा प्रयोग हुन्छ । इभरमेक्टिन एचआइभी, डेंगी र इन्फ्लुएन्जा रोकथाममा समेत प्रभावकारी हुने बताइएको छ ।

शुक्रबार मोनाश बायोमेडिसिन डिस्कोभरी इन्स्टिच्युटका डा। काइली वागस्टाफले एक खुराकले भाइरल आरएनलाई नष्ट गर्ने बताउनुभयो । एन्टीभाइरस रिसर्च जर्नलमा प्रकाशित उक्त अनुसन्धानको परीक्षण मानवमा गर्न बाँकी रहेको छ । वैज्ञानिकहरुले उक्त औषधीको मानवलाई आवश्यक खुराक निर्धारण गर्न जुटेका छन् ।

कति खुराक खुवाए मानव स्वास्थ्य सुरक्षित रहने निर्धारण भएपछि मानवमा परीक्षण गरिनेछ ।“विश्व समुदाय महामारीको चपेटामा छन्, अहिलेसम्म अनुमति प्राप्त उपचार आएको छैन्, कुनै ‘कम्पाउन्ड’ विश्वमा पहिले उपलब्ध भएको भए मानवलाई छिट्टै सघाउ पुग्थ्यो ।”–डा। वाग्स्टाफले बताउनुभयो । विश्वब्यापी रुपमा उक्त खोप उपलब्ध हुन केही समय लाग्ने उहाँले जानकारी दिनुभयो । वैज्ञानिकले मानव परीक्षणका लागि कम्तिमा एक महिना लाग्ने जनाएका छन् । इभरमेक्टिनलाई कोरोना विरुद्ध प्रयोग गर्नुअघि मानवमा प्रयोगशाला परीक्षण आवश्यक हुनेछ ।

(नोटः कोरोना विरुद्ध विश्वमा भएक खोजबारेका यी समाचार पाठलाई जानकारी गराउने उद्देश्यले मात्र प्रकाशित गरिएको हो । यस्ता औषधिको प्रयोग चिकित्सकको सल्लाह र रेखदेख बिना कुनै हालतमा गर्न नहुने कुरा आदरणीय पाठक वर्गमा अनुरोध छ  एवीसी न्यूज)

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

स्तनपानका फाइदाहरू शिशुहरूमा मात्र होइन, क्यान्सर उपाचारमा उपयोगी

बीएमआईको सट्टा एक नयाँ विकल्प  शरीर गोलाई सूचकांक (BRI)

ओमान नामिबियासँग १०९ रनमै अलआउट

कोरोनाको नयाँ भेरियन्टबाट कसरी जोगिने ? विज्ञ के भन्छन् ?

वीर अस्पतालमा ७ सय शय्या निःशुल्क गर्ने सरकारको निर्णय

भारतबाट ल्याइरहेको सामान जाँच गर्दा प्रहरीमाथि आक्रमण, ४ जना घाइते, अस्थायी बिट ध्वस्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com