ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपभोक्तालाई ग्यास पाउन हम्मे, मन्त्रीले ढाँटे कि व्यापारीले लुकाए ?


admin

काठमाडौं, ३ चैत  । काठमाडौ उपत्यकाका ग्याँस डिलरकहा जाने हो भने ग्याँस पाउन मुस्किल छ । नेपाल आयल निगमले नियमित रुपमा ग्याँस आपूर्ति बढाउँदै लगिरहेको दाबी गरे पनि बजारमा अधिकांश ग्याँस बिक्रेताहरुले ग्याँस नै नआएको गुनासो गर्छन् । कोराना संक्रमणको त्रासले गर्दा आम उपभोक्ताले आवश्यकभन्दा बढी साम्रागी जोहो गर्न खोज्दा बजारमा नुन तेलदेखि खाद्यवस्तुको बिक्री बढिरहेको छ । आम सर्वसाधारणले त ग्याँस पाएका छैनन् छैनन्, काठमाडौबाट निर्वाचित सांसदले समेतले ग्याँस नपाएको गुनासो गर्न थालेका छन् ।

नेपाल आयल निगमले बिगतको भन्दा बढी ग्याँस आइरहेको जनाएको छ । उपभोक्ताले आफ्नोमा खाली सिलिन्डर एकै पटक ल्याएका कारण ग्यासको अभाव भएको निगमको तर्क छ । अर्कातर्फ कोरोनाको कारण भारतसंगको नाका बन्द भयो भने आयातमा समस्या भएर अभाव हुने आम उपभोक्ताको बुझाइ रहेको छ ।आयल निगमले ग्यास तथा अन्य बस्तुको आयात बढाउदै गए पनि किन आम उपभोक्ताले सहज रुपमा पाउन सकिरहेका छैन । आम सर्वसाधारणमा कोरोनाको क्रासले एक्कै पटक माग बढ्दा ब्यापारीहरुले समेत कालाबजारी गर्न थालेका छन । डिलरमा ग्यास हुदै हुदै पनि व्यपारीको मंहगोमा बेच्नका लागि लुकाउन सक्ने हुदा अनुगमनमा कडाई गर्नु पर्न जोडमा सांसदको जोड छ । अहिले नियमित रुपमा ग्यास आपूर्ति भइरहेको र खपतको तुलनामा ग्यास आयात बढीरहेकोले आम उपभोक्ताले अनावश्यक रुपमा भण्डार नगर्न निगमले भने पनि जनता विश्वस्त हुन सकिरहेका छैनन् । भारतबाट ग्याँस लगायत पेट्रालियम पर्दाथको आयात निर्वाध रुपमा भइरहेकाले बजारको अभाव केही दिनका लागि मात्र हुने निगमको तर्क छ ।

यसरी आयल निगमले चाहिएको जति ग्यास दिइरहेको दाबी गरे पनि ग्यास उद्योगले आफना् बिक्रेतालाई मागअनुसार ग्यास नदिंदा पसल बन्द गरेर बसेका छन । आफनो पालोमा आएको ग्या“स एकै दिनमा सकिने भएपनि अर्काे पालो नपाउनेसम्म राजधानीका अधिकांश ग्यास बिक्रेताका पसल बन्द हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com