ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना भाइरस : पर्वतारोहणमा गुम्दै ६० करोड


admin
फाल्गुन ३०, २०७६ शुक्रबार  २ : ३० बजे

काठमाडौं ३० फागुन । वसन्त ऋतु सर्वाधिक आरोहण हुने याम हो । सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणबाट सरकालाई करोडौँ सलामी जम्मा हुने मुख्य यामको मुखैमा कोभिड–१९ सन्त्रासले आरोहणलाई प्रत्यक्ष असर पारेको छ । कोरोना भाइरस डिजिसको विश्वव्यापी सङ्क्रमण बढेपछि नेपालको पर्यटन क्षेत्रलाई नराम्ररी असर पुगेको हो ।

मुलुकको पर्यटनको मुख्य आम्दानी गर्ने पर्वतारोहण क्षेत्रको वसन्त ऋतुमा हुने सबै आरोहण स्थगन गरिएको छ । यसले वार्षिक झण्डै रु ६० करोड राजश्व गुम्ने अवस्था सिर्जना भएको छ । वसन्त ऋतुको मुख्ययाममा हिमाल आरोहण रोकिँदा एक याममा मात्रै राज्यलाई झण्डै रु ५० करोड नोक्सानी हुने देखिन्छ । पर्यटन विभाग, पर्वतारोहण शाखाका अनुसार अघिल्लो वर्ष वसन्त ऋतुमा सगरमाथासहितका हिमाल आरोहणबाट रु ४९ करोड ६८ लाख सलामीस्वरुप जम्मा भएको थियो । सगरमाथाबाट मात्रै रु ४४ करोड २३ लाख राजश्व उठेको थियो । यस वर्ष पनि वसन्त ऋतुमा उल्लेख्य आरोहण हुने अपेक्षा गरिएको थियो । विभागका अनुसार अघिल्लो वर्ष सबै यामको आरोहणबाट रु ५६ करोड राजश्व उठेको थियो । यस वर्ष रु ६० करोड सलामी उठाउने लक्ष्य थियो । विदेशी नागरिकले वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्छ । यस्तै शरद ऋतुमा पाँच हजार ५०० डलर र गर्मी समयमा दुई हजार ७५० अमेरिकी डलर रोयल्टी तिर्नुपर्छ ।

यस्तै नेपाली आरोहीले वसन्तु ऋतुमा रु ७५ हजार, शरद् ऋतुमा रु ३७ हजार ५०० र गर्मी याममा रु १८ हजार २५० सलामी तिर्नुपर्ने व्यवस्था छ । सन् २०१९ को वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ९१८ आरोहीले आरोहण अनुमति लिएकामा ६४४ आरोहीले सफल आरोहण गरेको विभागले जनाएको छ । अघिल्लो वर्ष वैशाख ३० देखि जेठ ११ गतेसम्म सगरमाथा आरोहण भएको थियो । सन् २०१८ को वसन्त ऋतुमा सगरमाथासहितका हिमाल आरोहणका लागि १०७ आरोही समूह गएका थिए । तीमध्ये सगरमाथा आरोहणका लागि ३८ आरोहण समूहबाट ३४६ आरोहीले अनुमति लिएका थिए । त्यस्तै सन् २०१७ मा सगरमाथासहितका हिमाल आरोहणका लागि १०८ आरोही समूहले आरोहण अनुमति लिएका थिए । सरकारले आरोहणका लागि ४१५ हिमाल खुला गरेको छ । अझै आरोहणयोग्य एक हजार ३०० भन्दा बढी हिमाल रहेको बताइन्छ । कोरोनाको सम्भावित जोखिम नियन्त्रणका लागि उच्च सतर्कता अपनाउँदै यस वर्ष वसन्त ऋतुको सबै आरोहण स्थगन गर्ने बिहीबारको कोरोना नियन्त्रण उच्चस्तरीय समितिले निर्णय गरेको थियो । सोही निर्णयका आधारमा पर्यटन विभागले जरुरी सूचना जारी गर्दै आरोहण स्थगन गरिएको जनाएको छ ।

‘माननीय उपप्रधानमन्त्रीले नेतृत्व गर्नुभएको उच्चस्तरीय समितिले मिति २०७६ फागुन २९ मा नेपालमा पर्वतारोहण गर्ने गरी सन् २०२० को वसन्त ऋतुका लागि जारी गरिएका वा जारी गरिने अनुमतिपत्र हाललाई स्थगित गर्ने निर्णय गरेको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ’, सूचनामा भनिएको छ ।नेपालमा अहिलेसम्म कोरोनाको सङ्क्रमण देखिएको छैन । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई उच्च जोखिमयुक्त मुलुकमा राखेपछि कोरोनाको त्रासले पर्यटन मात्र नभई सबै क्षेत्रमा तरङ्ग पैदा भएको छ । विशेषगरी मुलुकको समग्र अर्थतन्त्रलाई नै असर पुगेको सरोकार राख्नेहरु बताउँछन् ।

पर्यटनको मुख्य क्षेत्र होटल व्यवसाय, नागरिक उड्डयनलगायत क्षेत्रमा कोरोनाको प्रभाव परेको छ । अहिले होटल क्षेत्रमा मुश्किलले १५ देखि २० प्रतिशत औसत व्यापार तथा आन्तरिक हवाई उडानमा झण्डै ५० प्रतिशत व्यवसायमा गिरावट आएको सम्बद्ध अधिकारीले विज्ञप्ति निकालेर जनाइसकेका छन् । यता वसन्त ऋतुको मुखैमा बढी राजश्व उठ्ने क्षेत्र पर्वतारोहणबाट पनि राज्यले करौडौंँ गुमाउनुपर्ने अवस्था आएको हो । वसन्त ऋतुको आरोहणका लागि यतिखेर पर्यटन विभागलाई भ्याइनभ्याई हुन्थ्यो तर अहिले विमागका कर्मचारी फुर्सदिला छन् । वसन्त ऋतुका लागि चैत र वैशाख महिनामा आरोहण अनुमति जारी गर्न विभागलाई हम्मे हुन्थ्यो । विभागको पर्वतारोहण शाखाका रामेश्वर निरौलाका अनुसार विभागबाट आजदेखि सबै हिमाल आरोहणको अनुमति बन्द गरिएको छ । बिहीबारसम्म साना हिमाल आरोहणका लागि पाँच वटा अनुमतिपत्र जारी भएको थियो । त्यस्तै सगरमाथा र ल्होत्से हिमालको पूर्वअनुमति दिइएको थियो । यसमा केही रकम पनि विभागले लिइसकेको छ । सगरमाथाको १० प्रतिशत र अन्य साना हिमालको पाँच प्रतिशत रकम अनुमतिपत्र जारी अगावै बुझाउनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डोल्पामा दाजुभाइबीचको रोचक भिडन्त: भाइको वर्चस्व तोड्न दाइ मैदानमा

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

सम्बन्धित

हिजो व्यवस्था फेर्न बन्दुक बोक्यौं, अब अवस्था फेर्न समृद्धिको झण्डा बोक्छौं : प्रचण्ड

पूर्वराजा आउँदा विमानस्थल परिसर अस्तव्यस्त, यात्रुलाई सास्ती

टी–२० विश्वकप : दुई सुपर ओभरपछि अफगानिस्तानमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित

फिलिपिन्सबाट पक्राउ परेका प्रकाश पाठक काठमाडौं ल्याइए, अनुसन्धान सुरु

‘व्यवस्था बदलेको हामीले हो, अब अवस्था पनि हामीले नै बदल्ने छौँ–अरुले गफ गर्ने हुन्, हामी काम गर्छौं’

राजविराजमा गाडीबाटै फर्किए बालेन्द्र, ‘गजेन्द्र बाबु’को सालिकमा माला फ्याँकेर हिँडेपछि समर्थक निरास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com