ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक नगरका दुई कार्यालय : सेवाग्राही अन्योलमा


admin
फाल्गुन २९, २०७६ बिहीबार  ३ : ०७ बजे

सर्लाही,२९ फागुन । सर्लाहीको बलरा नगरपालिकामा दुई स्थानमा कार्यालय राखेर नगरको काम गरिएकोे छ । नगरप्रमुख र उपप्रमुखले बेग्लाबेग्लै स्थानमा नगरपालिकाको कार्यालय राखेर नगरको काम गरेका हुन् । नगरपालिकाको आफ्नो कार्यालय हुँदाहँुदै नगरप्रमुख अभयकुमार सिंहले आफ्नो गाउँ हथियौलको एक निजी घरमा नगरपालिकाको कार्यालय राखेर नगरका गतिविधि सञ्चालन गरिरहनुभएको छ । नगरप्रमुख र उपप्रमुख बीचमा विवाद हुँदा नगरको काम कार्वाही प्रभावित हुनाका साथै नगरपालिकाको कार्यालयसमेत दुई स्थानमा सञ्चालन हुँदा नगरवासी सेवा लिन कहाँ जाने भन्ने अन्योलमा छन् ।

स्थानीय निकायको निर्वाचन भएर जनप्रतिनिधि आउँदा आफूहरुले पाउँने सेवासुविधामा सहज महसुस गरेका नगरवासी अहिले समस्यामा परेका छन् । स्थानीय निकायको निर्वाचनलगत्तै नगरप्रमुख र उपप्रमुख बीचमा शुरु भएको विवादले अहिले कार्यालयसमेत दुईवटा बनेको छ । एउटै पार्टीबाट नगरप्रमुख र उपप्रमुख निर्वार्चित भएका भए पनि आपसमा राम्रो सम्बन्ध नहुँदा कार्यालय दुई स्थानमा राख्नुपर्ने अवस्था सृजना भएको जानकारहरुले बताउँदै आएका छन् । साथै नगरको विकास लगायत नगरसभासहितका कामकारवाही नराम्ररी प्रभावित भएका छन् ।

नगरप्रमुख सिंह र नगरउपप्रमुख रामसखी देवी दुवैजना राष्ट्रिय जनता पार्टीबाट निर्वाचित हुनुभएको हो । पछिल्लो समयमा नगर उपप्रमुख रामसखीले नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष तथा जनप्रतिनिधिको साथ लिएर नगरप्रमुख सिंहको विरोध गर्नुभएको बताइएको छ । उहाँले नगरप्रमुख सिंह एकलौटी ढङ्गले चलेको, नगरको विकास लगायतका काममा आफूहरुसँग समन्वय नगरेको आरोप लगाउनुभएको छ ।“आफूहरु नगरपालिकाको कार्यालयमा बसेर नगरवासीलाई सेवा प्रदान गरिरहेको भए पनि नगरप्रमुख सिंहले आफ्नो गाउँमा लगेर नगरपालिकाको अर्को कार्यालय राख्नुभएको र आफ्नो मनोमानी निरन्तर गरिरहनुभएको छ”, नगरउपप्रमुख रामसखीले भन्नुभयो । अर्काततिर नगरप्रमुख सिंह भने आफूलाई नगरपालिकाको कार्यालयमा बसेर काम गर्न सक्ने वातावरण नभएको बताउनुहुन्छ । “आफूले काम सहज तरिकाले गर्न नपाएकोले नगरपालिकाको अर्को कार्यालय खोल्न बाध्य भएको हुँ”, नगरप्रमुख सिंहले भन्नुभयो ।

उपप्रमुख र वडाध्यक्षले विना काममा नगरको काममा अवरोध गरी पटकपटक तालाबन्दी गरेका र आफूलाई त्यो स्वीकार्य नभएकाले बाध्य भएर अर्को कार्यालय खोलेर भए पनि आफूले नगरवासीको सेवा गरिरहेको नगरप्रमुख सिंहको भनाइ छ । एउटै नगरपालिकाको कार्यालय दुई स्थानमा सञ्चालन हुँदा नगरप्रमुख, उपप्रमुख तथा वडाध्यक्ष भेट्न जाने नागरिक अलमलमा परेका छन् । कर्माचारी नगरप्रमुखको वा उपप्रमुख कसको कार्यालयमा बसेर काम गर्ने भन्ने अन्योलमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डोल्पामा दाजुभाइबीचको रोचक भिडन्त: भाइको वर्चस्व तोड्न दाइ मैदानमा

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

सम्बन्धित

हिजो व्यवस्था फेर्न बन्दुक बोक्यौं, अब अवस्था फेर्न समृद्धिको झण्डा बोक्छौं : प्रचण्ड

पूर्वराजा आउँदा विमानस्थल परिसर अस्तव्यस्त, यात्रुलाई सास्ती

टी–२० विश्वकप : दुई सुपर ओभरपछि अफगानिस्तानमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित

फिलिपिन्सबाट पक्राउ परेका प्रकाश पाठक काठमाडौं ल्याइए, अनुसन्धान सुरु

‘व्यवस्था बदलेको हामीले हो, अब अवस्था पनि हामीले नै बदल्ने छौँ–अरुले गफ गर्ने हुन्, हामी काम गर्छौं’

राजविराजमा गाडीबाटै फर्किए बालेन्द्र, ‘गजेन्द्र बाबु’को सालिकमा माला फ्याँकेर हिँडेपछि समर्थक निरास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com