
काठमाडौं, २८ फागुन । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेर स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना केही नियमित काम समेत गर्न थाल्नुभएको छ।प्रधानमन्त्री ओलीले गत बुधबार दोस्रो पटक मृर्गौला प्रत्यारोपण गर्नुभएको हो । उहांले आफ्ना नियमिति काम आफै गर्न थालेको र बुधवार आफैले दार्ही काट्नुभएको उहांका प्रेस सल्लाहकार सुर्य थापाले बताउनुभयो । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षित सुधार भइरहेको र नियमित हिडडुल र व्यायाम गर्ने गरेको पनि बताइएको छ । उहांलाई डिस्चार्ज गर्ने भनिएको भएपनि प्रधानमन्त्री निवासमा आवश्यक तयारी नपुगेका कारण रोकिएको छ ।
केही समय भेटघाट र बैठकमा सहभागी हुन नहुने भएकाले त्यसका लागि आवश्यक तयारी सुरु गरिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले आफै दाह्री काटनुभएको जानकारी दिनुभयो उहांले लेख्नुभएको छ– ‘सम्माननीय प्रधानमन्त्रीज्यूको स्वास्थ्यलाभ अपेक्षित गतिमा भइरहेको छ । उहाँले हिडडुल र नियमित व्यायाम गरिरहनुभएको छ आफैले दार्ही काट्नुभएको छ . स्वस्थ बन्ने क्रम रफ्तारमा चलिरहेको छ ।’ पनि उल्लेख गर्नुभएको छ ।
यता शिक्षण अस्पतालमा मंगलबार गरिएको पत्रकार सम्मेलनमा निश्चिन्त र विश्वस्त नभएसम्म प्रधानमन्त्रीलाई डिस्चार्ज नदिने चिकित्सकहरुले भनाई छ । प्रधानमन्त्री ओलीले भने सोमवार नै आफुलाई अस्पतालवाट विदा दिन चिकित्सकसंग आग्रह गर्नुभएको थियो डिस्चार्जपछि पनि संक्रमण कोड र कायम हुने भएकाले प्रधानमन्त्री ओली पहिलेकै अवस्थामा पुग्न एक वर्ष लाग्ने प्रधानमन्त्रीका नीजि चिकित्सक डा. दिव्या सिंह शाहले बताउनुभयो । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक र मिर्गौला प्रत्यारोपणको नेतृत्व गरेका डा. प्रेम ज्ञवालीले बुधबारसम्ममा डिस्चार्ज गर्ने बताताउनुभएको छ ।







प्रतिक्रिया दिनुहोस्