
काठमाडौं, २८ फागुन । कोरोना भाइरस संक्रमणका बारेमा एक मत हुनका लागि सरकारले सर्वदलीय बैठक आह्वान गरेको छ ।
आज अपरान्ह ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाइएको सर्वदलीय बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने ५ दललाई बोलाइएको छ । बैठकमा स्वास्थ्य मन्त्रालयका प्रतिनिधि र वरिष्ठ चिकित्सकहरुको पनि उपस्थिति रहने छ । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बैठक आह्वान गरिएको हो ।







प्रतिक्रिया दिनुहोस्