
काठमाडौं, २७ फागुन । चीनको वुहानवाट कोरोनाको संक्रमण फैलिएको थियो । अहिले अस्पतालवाट निको भएर घर फर्कनेहरुको संख्या बढ्दो क्रममा छ । कोरोनाको संक्रमण कम हुन थालेपछि चिनियाँ राष्ट्रपति सी चिनफिङ भ्रमणमा निस्किनुभएको छ । उहांले ले कोरोना भाइरस कोभिड–१९ को उद्गमस्थल मानिएको वुहान पुगेर त्यहाँको अवस्थाको निरिक्षण गर्नुभएको हो । उहांले चीनमा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या घट्दो क्रममा देखिए पछि आफ्ना नागरिकलाई सान्त्वना दिन र संक्रमण नियन्त्रणको क्रममा छ भन्ने सन्देश पनि उहांको भ्रमणले दिएको छ ।

चीनले कोरोना नियन्त्रणका लागि सम्पूर्ण शक्ति परिचालन गरेको छ । उहांले चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र पिपुल्सडेल्लीका अनुसार, चिनफिङले वुहानमा भाइरस नियन्त्रण तथा रोकथामका लागि भइरहेको कामबारे उहांले जानकारी लिनुभएको छ । साथै वुहानमा मेडिकल कर्मचारीहरु, सार्वजनिक सुरक्षा अधिभकारीहरु, स्वयंसेवक, बिरामी र स्थानीयहरुसंग पनि उहांले उपचारका बारेमा कुराकानी गर्ने बताउनुभयो । चीनमा अहिलेसम्म कोरोना भाइरसका कारण ३ हजार १३६ को निधन भएको छ भने ८० हजार ७५४ संक्रमित भएका छन् । चीनमा संक्रमितको संख्या घट्दै गएको अवस्थामा छ भने अन्य मुलुकमा प्रभावितहरुको संख्या बढ्न थालेको छ । अहिले इटलीमा कोरोनाले महामारीको रुप लिएको छ । इटलीले मुलुकका सबै नागरिकलाई क्वारेन्टाइनमा बस्न आग्रह गरिएकोको छ । इटलीमा निधन हुनेको संख्या ५ सय नजिक पुग्न लागेको छ । एकै दिन एक सय नागरिकको निधन भएपछि इटलीमा सतर्कता बढाइएको छ ।












प्रतिक्रिया दिनुहोस्