
काठमाडौं, २६ फागुन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले तेस्रो मुलुकबाट सामान आयात बन्द नभएको बताउनुभएको छ ।कोरोना भाइरस (कोभिड—१९) का कारण चीन, भारत तथा तेस्रो मुलुकबाट आयात निर्यात ठप्प भएको समाचार सार्वजनिक भइरहेका बेला मन्त्री भट्टले तेस्रो मुलुकबाट आयात नरोकिएको बताउनुभएको हो ।
राजधानीमा आज आयोजित एक कार्यक्रममा मन्त्री भट्टले चीन, भारत तथा तेस्रो मुलुकबाट केही आउँदैन भन्ने मनोविज्ञान हटाउन आवश्यक रहेको बताउनुभयो । भट्टले सामान आइरहेको तर केही सतर्कता अपनाइएको बताउनुभयो । केहीदिन नाकामा सामान राख्नुपर्ने बाध्यता रहेको बताउंदै उहांले मान्छेबाट मात्रै नभएर वस्तुबाट समेत कोरोना सर्ने सम्भावना रहेकाले नाकामा केही दिन सामान राख्नुपर्ने अवस्था रहेको जिकिर गर्नुभयो ।
यद्यपी, विश्व स्वास्थ्य संगठनले भने सामानबाट कोरोना भाइरस संक्रमण नफैलिने बताएको छ । मन्त्री भट्टले तत्काल स्वेतपत्र जारी गर्नुपर्ने आवश्यकता भने नरहेको समेत बताउनुभएको छ । संकटकाल नै घोषणा गर्नुपर्ने अवस्था भएपछि मात्रै स्वेतपत्र जारी हुने भट्टले बताउनुभयो ।







प्रतिक्रिया दिनुहोस्