ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाको संन्त्रासमा ‘सात्विक’ होली !


admin

काठमाडौं, २६ फागुन । विगत वर्षका होलीमा कलाकार र दर्शकबीच उल्लासपूर्ण रुपमा होली मनाउँदै आएका हास्य कलाकार मनोज गजुरेलले यसवर्ष घरमै आफन्तबीच सादा होली मनाउनुभयो । “यस पटक सात्विक होली भयो, न रङ्ग, न रस, न उमङ्ग घरमै सामान्यरूपमा आफन्तहरुसँग दङ्ग”, कलाकार गजुरेलले रासससँग भन्नुभयो, “यस पटकको होली कोरोना भाइरसले खायो, सडक र बजारमा शून्यता छायो ।”

विश्वव्यापी प्रभावमा रहेको कोरोना भाइरस नेपालमा भित्रिएको नपाइए पनि सम्भावित जोखिमबाट बच्न भीडभाड र भेलामा जम्मा हुने, लोला हान्ने, रङ, अबीर दल्ने कार्य नगर्न र नगराउन गृह मन्त्रालयले यसअघि नै जारी गरेको सार्वजनिक सूचनाका कारणले पनि यस पटकको होली सामान्य बनेको हो । मन्त्रालयले भीडभाडमा जाँदा कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढ्ने भन्दै सावधानी अपनाउन सर्वसाधारणमा अनुरोध गरेको थियो ।

सरकार र सामाजिक क्षेत्रका अगुवाले गर्ने यस प्रकारको अपिललाई सर्वसाधारणले सहजै ग्रहण गरे र होलीका नाममा हुने उमङ्गलाई सामान्यरुप दिए । आज बिहानै कलाकार गजुरेलले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा होली नमनाउन यसरी आग्रह गर्नुभएको थियो,
“ तन अर्को पटक रङ्ग्याउँला
यो वर्ष मन रङग्याएर फागु मनाऔँ
पानी अर्को पटक छ््यापौँला
यो वर्ष बानी बदलेर फागु मनाऔँ ।”

कोरोना भाइरसको जोखिमप्रति सचेतना दिँदै कवि एवं सञ्चारकर्मी डा नवराज लम्सालले पनि “यसपालि फागु नखेलौँ, पुरानै फोटोले चित्त बुझाऔँ” भन्दै पुरानै तस्वीर पोष्ट गर्नुभयो । अन्य धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि होलीमा विगतमा जस्तो रङ्गिन तस्वीर समावेश गरेको पाइएन । काठमाडौँ उपत्यकाका सडक, चोक र घरहरुमा छतबाट पानीमा बाल्टिन नै खन्याउने, सडकमा समूह जम्मा गरेर रङ्ग दल्ने र फाल्ने तथा नाचगान गर्ने गरेका दृष्य देखिएनन् । सडकमा केही मानिस मात्रै रातो र अबीर लगाएर हिँडेको देखियो । रङ्गहरुको पर्व होली ९फागु० का नाममा हुने विकृति र उच्छृङ्खल गतिविधि यस वर्ष नदेखिएकाले सुरक्षाको प्रबन्धमा प्रहरीलाई पनि सायदै सहज नै भयो । विश्वव्यापी कोरोना भाइरसको प्रभाव र समाजमा क्रमशः शान्तिपूर्णरुपमा यस्ता पर्व मनाउने चेतना फैलिएका कारण विगत वर्षमा जस्तो यस वर्षको होली शान्तिपूर्ण देखियो । आपसी सद्भाव र भाइचारा अभिवृद्धि गर्ने यो पर्वमा यस पटक धेरैले घरमै सामान्य, सौम्य र शान्तिपूर्णरुपमा मनाए ।

काठमाडौँस्थित महानगरीय प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले पहिलेको तुलनामा यस वर्षको होली पर्व मनाउने सङ्ख्यामा कमी आएकाले कुनै घटना नभएको बताउनुभयो । उहाँले सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै प्रहरी भने परिचालन गरिएको जनाउँदै होली पर्वमा सम्भावति दुर्घटना हुनबाट रोक्न उपत्यकामा करिब दुई हजार ५०० प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो । “यसवर्ष कोरोनाका कारणले प्रशासनले पनि होली नमनाउन भनेपछि धेरै मानिस सडकमा छैनन्”, उहाँले भन्नुभयो, “तै पनि हामीले सुरक्षा व्यवस्था मजबुत बनाएका छौ ।” उहाँका अनुसार मध्यान्हसम्म जबरर्जस्ती होली छ््याप्ने, हुलहुज्जत गर्ने १५ जनालाई नियन्त्रणमा लिइएको छ । कोरोनाको जोखिमका कारण उपत्यकाका प्रमुख ठाउँ सुनसान छन् । वसन्तपुरमा भने होली मनाउन केही मानिस जम्मा भएका छन् । प्रहरी प्रवक्ता बोगटीका अनुसार करिब ५०० को सङ्ख्यामा वसन्तपुरमा मानिस जम्मा भएका छन् ।

महानगरीय ट्राफिक प्रहरी कार्यालयले पनि होलीमा सम्भावित सवारी दुर्घटनालाई ध्यान दिई सवारी जाँचलाई कडा पारेको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले होलीको रौनक त्यति नभए पनि सवारी जाँचलाई कडा पारिएको बताउनुभयो । उहाँका अनुसार उपत्यकामा ७५ स्थानमा सवारी जाँच गर्नका लागि करिब ५६६ ट्राफिक प्रहरी परिचालन गरिएको छ ।

यसैगरी जथाभावी सवारी चलाउने, कागजात बिना चलाउनेलाई नियन्त्रण गर्न १४ वटा मोबाइल टोलीसमेत परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार चारदेखि छ जनाको टोलीमा ती स्थानमा ट्राफिक परिचालन गरिएका छन् । उहाँले अहिलेसम्म नियमविपरीत सवारीसाधान चलाउने ५० जनालाई कारवाही गरिएको छ भने छ मादकपदार्थ सेवन गरेकालाई नियन्त्रणमा गरिएको छ । ट्राफिक प्रहरीले मादकपदार्थ सेवन गर्ने, हेल्मेट नलगाउने, तीन जना मोटरसाइकलमा बसाउने, तीव्रगतिमा सवारीसाधन चलाउनेलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com