ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौं उपत्यका र पहाडी जिल्लामा आज होली मनाइँदै, कोरोनाको डर


admin

काठमाडौं, २६ फागुन । रंगहरुको पर्व होली आज उपत्यकासहित पहाडी क्षेत्रमा मनाईंदैछ ।
तराईमा भने होली भोलि मनाईन्छ । असत्यमाथि सत्यको जीत तथा वसन्त ऋतुको आगमनको उल्लाससंगै फागु पूर्णिमा मनाउने गरिएको हो । आजदेखि वसन्त ऋतु सुरु भएको मानिन्छ । यस्तै सत्ययुगमा भगवान विष्णुका भक्त प्रह्लादलाई मार्न लाग्दा होलिका आफै जलेर नष्ट भएको भन्ने धार्मिक विश्वास पनि छ । आजको दिनलाई पुरानो कटुता समाप्त गरेर र दुस्मनी बिर्सेर एकआपसमा खुशी साट्ने दिनका रुपमा मनाइन्छ ।

फागुन शुक्ल अष्टमीको दिन काठमाडौंको वसन्तपुर दरबार अगाडि चिर गाडेपछि होली सुरू भएको मानिने यो पर्व पूर्णिमाको रातमा चिर ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ । होली खेल्ने दिनभन्दा एक दिन पहिला राति होलिका दहन गरिन्छ । होली पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, राजनीतिक दलका नेताले शुभकामना सन्देश दिनुभएको छ । होलीमा हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ । बिहानैदेखि काठमाडौं उपत्यकाका चोक चोकमा प्रहरी र ट्राफिक प्रहरी खटिएका छन् । यस्तै जथाभावी लोला हाने वा रंग दल्नेलाई सार्वजनिक अपराधमा मुद्दा लगाउने र जरीवाना समेत हुने प्रहरीले जनाएको छ ।

तर यस बर्ष कोरोनाको जोखिम बढेकाले अघिल्ला वर्षहरु जस्तो होलीको रौनक छैन । ठूला सभा समारोह, भेला तथा कार्यक्रम गर्न रोक लगाएको सरकारले सामुहिक रुपमा होली नखेल्न, भीडभाड गर्ने तथा लोला पानी हाल्ने काम नगर्न सबैलाई अनुरोध गरेको छ । गृह मन्त्रालयले सूचना निकालेर लोलापानी फ्या“क्ने, रंग तथा अबिर दल्ने काम जोखिमपूर्ण हुने हु“दा यस्ता गतिबिधि नगर्न अनुरोध गरेको छ । डाक्टरहरुले पनि पहिलेका वर्षहरुमा जस्तो यसपटक जमघट भएर होली नखेल्न आग्रह गरेका छन् । नेपालमा अहिलेसम्म कोरोनाको प्रभाव नदेखिए पनि विश्व स्वास्थ्य सङ्गठनले उच्च जोखिममा राखेकाले सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com